दलित सशक्तिकरणको लागि कार्यक्रम बनाऔं : मन्थली नगर प्रमुख बस्नेत

 आइतवार, फाल्गुन २७, २०७४ | onlinenews

रामेछाप । मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले दलित समुदायको सशक्तिकरणका लागि कार्यक्रम बनाउन दलित अगुवाहरुलाई आग्रह गरेका छन् ।
आर्थिक वर्ष २०७५÷७६ को नगर सभालाई लक्षित गरि स्थानीय दलित गैसस महासंघले मन्थलीमा आयोजना गरेको योजना तर्जुमा गोष्ठीमा बस्नेतले आयआर्जन, शीपमूलक कार्यक्रम भन्दा पनि दलित समुदायको क्षमता वृद्धि र सशक्तिकरण हुनु आवश्यक रहेको बताए ।
कार्यक्रममा सहभागीहरुले नगर भित्रका दलितको मुख्य समस्या जातीय छुवाछुत नै भएकोले यसको अन्त्यको लागि नगरपालिकाले ठोस नीति तथा कार्यक्रम ल्याउनु पर्ने बताएका छन् ।
यसैगरी मन्थली नगरस्तरीय दलित गैसस महासंघका अध्यक्ष छत्र बहादुर मुग्रातीले दलित सशक्तिकरणका लागि लक्षित वर्ग कार्यक्रम अन्तर्गत सिर्जनात्मक योजना बनाउन सके समतामूलक समाज निर्माण गर्न सकिने धारणा व्यक्त गरे ।
कार्यक्रममा मन्थली नगर कार्यपालिका सदस्य उद्धव रम्तेल, वडाका दलित महिला सदस्यहरु, महासंघमा आवद्ध ७ वटा दलित संस्थाहरुको प्रमुख लगायत जिल्लास्तरका दलित अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया

Add