रामपुरमा व्यवसायिक सुरुवात तथा सुधार तालिम सञ्चालन

 आइतवार, चैत्र ४, २०७४ | onlinenews

रामेछाप जिल्लाको रामेछाप नगरपालिका–५ रामपुरमा व्यवसाय सुरुवात तथा सुधारका लागि ७ दिन तालिम सञ्चालन गरिएको छ ।
रामपुरका स्थानीयलाई स्वरोजगार बनाउने उद्देश्यले सामुदायिक समुत्थानका लागि दिगो विकास (सबल) कार्यक्रम अन्तर्गत सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।
तालिम उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै प्रमुख अतिथि रामेछाप नगरपालिका–५ का अध्यक्ष भिमबहादुर तामाङले तालिममा सहभागि हुने प्रशिक्षार्थीलाई अर्थपूर्ण सहभागिता जनाउन आग्रह गरे ।

उद्यम व्यवसायले नागरिकको जीविकोपार्जनमा आमूल परिवर्तन ल्याउने भन्दै सबल कार्यक्रम अन्तर्गत सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारले सञ्चालन गरेको कार्यक्रमको प्रशंसा गरे ।
वडा अध्यक्ष तामाङले उद्यमीका लागि स्थानीय सरकरको तर्फबाट गर्नुपर्ने सम्पूर्ण सहयोग गर्ने पनि प्रतिवद्धता जनाएका छन् ।

त्यसैगरी वडा सदस्यद्धय पृथ्वीनारायण श्रेष्ठ र रविन श्रेष्ठले तालिम सफलताको शुभकामना दिंदै सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारलाई यस्ता कार्यक्रम थप सञ्चालनको लागि पनि अनुरोध गरे ।
गरिबसँग विश्वेश्वर कार्यक्रमको जिल्ला संयोजक सिताराम तामाङले तालिम महत्वपूर्ण रहेकाले तालिममा सहभागिहरुलाई राम्रोसँग सिक्न आग्रह गरे ।

तालिमको उद्घाटन कार्यक्रमका अध्यक्ष तथा सामुदायिक जनशक्ति विकास कार्यक्रमको अध्यक्ष गहेन्द्रबहादुर दर्लामीले सामुदायिक जनशक्ति विकास कार्यक्रमले गरिरहेको सामाजिक विकाको कामबारे जानकारी गराएका थिए ।

सहभागिको जीविको पार्जनमा यस तालिमको माध्यमबाट महत्वपूर्ण सहयोग पुग्ने आशा आपूmले गरेको पनि उनले बताए ।

यस्ता तालिमले व्यक्तिको क्षमता अभिबृद्धि तथा व्यवसायिक सोचको विकास हुने र गरिबी न्यूनिकरण गर्दै विपन्न बर्गको सामुदायिक समुत्थानमा टेवा पुग्ने पनि दर्लामीले बताए ।

तालिममा २३ जना सहभागि रहेका छन । जसमा २१ जना महिला र २ जना पुरुष सहभागि रहेको सबल कार्यक्रम अन्तरगत पहाडी समाजकल्याण केन्द्र तथा सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारका रोजगार तथा व्यवसाय अधिकृत गोकुल भुजेलले जानकारी दिए ।
यही चैत्र २ गतेबाट सञ्चालन भएको तालिम ८ गतेसम्म सञ्चालन हुनेछ ।
तालिमको सहजीकरण उद्यम व्यवसाय विकास सहजकर्ता कल्पना राई र सबल कार्यक्रम रामेछापका रोजगार तथा व्यवसाय अधिकृत गोकुल भुजेलले गरिरहेका छन् ।

प्रतिकृया

Add