सौताको रिसले कटेजमा आगो लगाउँदा दुई बालबालिकाको मृत्यु

 सोमवार, चैत्र ५, २०७४ | onlinenews

 रामेछाप / रामेछाप जिल्लाको खाँडादेवि गाउँपालिका–५ की तारा केसीले सौताको रिसले आपूm बस्दै आएको कटेजमा गएराति आगो लगाउँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ ।
सौतासौता बीचको झगडाले उग्ररुप लिएपछि कटेजमा आगो लगाउँदा कटेजमा सुतिरहेका बालबालिकाको जलेर मृत्यु भएको हो ।
खाँडादेवी–६ पन्नेचउरका दिलबहादुर खत्रीको जेठी श्रीमति तारा केसीले आगो लगाउँदा कटेजभित्र सुतेका ४ वर्षिय छोरा विपीन खत्री र ३ वर्षिय छोरी रमीता खत्रीको मृत्यु भएको हो ।
केही समयअघि दिलबहादुरले कान्छी श्रीमति ल्याएको र जेठीलाई हेला गरेपछि सौतेनी झगडाको कारण घटना घट्न पुगेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजकुमार थापाले जानकारी दिए ।
प्रहरी निरीक्षक थापाकाअनुसार श्रीमान श्रीमतीको विवाद चर्किदै जाँदा मध्यराति आपूm बस्दै आएको कटेजमा ताराले आगो लगाएकी थिइन ।
आगोले दुई बालबालिकाको ज्यान लिनुका साथै कटेज भित्र राखिएको सम्पूर्ण सामानहरु जलेर नष्ट भएका छन् ।
घटनापछि प्रहरीले घटनामा संलग्न तारा केसी र उनका श्रीमानलाई नियन्त्रणमा लिएको छ । मृतकको शव पोष्टमार्टको लागि जिल्ला सदरमुकाम मन्थली ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रतिकृया

Add