गीत संगीतमै विकृति आएको होइन ब्यक्तिले ल्याएको हो: परियार

 बिहिबार, चैत्र ८, २०७४ | onlinenews

लोकदोहोरी गायन क्षेत्रमा उदाउँदै गरेको र उज्जल भविष्य बोकेका एक लोकगायत तथा मोडल मदन परियारसँग सन्तोष ढुङ्गेलले गरेको कुराकानी ।

वर्तमान समयमा लोक दोहोरीको गीत संगीतको अवस्था कस्तो देख्नु हुन्छ ?

अहिले गीत संगीतको अवस्था तुलनात्मक रुपमा पहिलाको भन्दा राम्रो छ । अहिले गीत सुन्न र हेर्न एकैचोटी मिल्ने अवस्था छ । सुन्ने र हेर्ने श्रोताहरु पनि बढ्दो क्रममा हुनुहुन्छ । यूट्यूव र फेसबुक लगायत अन्य सञ्जालहरुमा पनि हेर्न पाइन्छ ।

तपाइलाई सांगीतिक क्षेत्रमा लाग्ने प्रेरणा कस्ले दियो ?

मलाई सानैदेखि गाउँने रहर थियो । स्याङ्जा जिल्लालाई गीतसंगीतको खानीको रुपमा पनि चिनिन्छ । स्याङ्जामा धेरै चलेका अग्रजदेखि भर्खर जम्न लागेका समेत कलाकारहरु हुुनुहुन्छ । राजेन्द्र क्षेत्रीदेखि अहिलेका राम्जी खाँड, शिब हमाल लगायतका अग्रज कलाकाहरु स्याङ्जाकै हुनुहुन्छ र उहाँहरु सबैले मलाई साथ सहयोग दिइरहनु भएको छ । मलाई यो स्थानसम्म ल्याइपु¥याउने मेरो सम्माननीय अग्रज दाजु शिब हमाल हुनुहुन्छ ।

के उद्देश्यले यो क्षेत्र रोज्नु भयो । यो क्षेत्रमा भविष्य देख्नु हुन्छ ?

उद्देश्य त सुरुमा केही पनि थिएन । गीत गाउँन पाए कस्तो हुन्थ्यो होलाजस्तो मात्र लाग्थ्यो । गीत संगीतको बारेमा बुझ्दै गएपछि अहिले चाँही गीत संगीतको माध्यमबाट देशदेखि विदेशसम्मका श्राेताहरुमाझ पुग्न सकँु र राम्रो इमेज बनाउन सकु भन्ने लाग्छ ।

अहिलेसम्म कति वटा एल्बम निकाल्नुभयो ? अबको तयारी के छ ?

म आपूmले गाएको र अन्य कलाकारहरुले गाएको गीतमा मोडलिङ्ग गरेको सहित एक दर्जन भन्दामाथि एल्बमहरु छन् । र, गीतहरु आउँने र गाउँने क्रममा पनि छन् ।

 स्याङ्जादेखि काठमाडौंसम्म अनि सांगीतिक यात्रा कसरी तय भयो ?

मेरो स्याङ्जादेखि काठमाडौंसम्मको यात्रा वास्तवमा कष्टदायक नै भयो । ती कुराहरु भनेर साध्य लाग्दैन जस्तो लाग्छ ।

 तपाईंलाई सबभन्दा मन पर्ने एक जना गायक र एक जना गायिकाको नाम लिनुपर्दा कस्को नाम लिनुहुन्छ ?

हाहाहा…. सबै गीत संगीतमा लागेका कलाकारहरु मनपर्छ । एउटा रोज्दा अर्कोको मन दुख्ला भन्ने डर छ ।

पछिल्लो समय लोकदोहोरी क्षेत्रमा छाडापन र विकृति आएको छ, तपाईंलाई के लाग्छ ?

गीत संगीतमै विकृति आएको जस्तो त मलाई लाग्दैन । बुझेका कलाकारले त्यो कदापी गर्न पनि सक्दैन । केही कलाकारले एकैचोटी आपूm चर्चामा आउँनको लागि सामाजिक मर्यादाको ख्याल नगर्दा केही ब्यक्तिले विकृति ल्याएको जस्तो मलाई लाग्छ । त्यस्ता कुराहरु बढीजसो मेला महोत्सवहरुमा देखापर्न थालेका छन् । सामाजिक मर्यादालाई विर्सिएर नग्न अङ्ग देखाएर क्षणिकको लागि चर्चामा आउँन त सकिन्छ तर यस्तो कार्यले मलाई कहाँ पु¥याउँछ भन्ने कुरा आफैले बुझ्न सक्नुपर्छ । यो कुरा दर्शक र श्रोताले केलाउँन जरुरी ठान्छु ।

 तपाईलाई कस्तो गीत गाउन र सुन्न मन पर्छ ?

लोकदोहोरी प्रायजसो सबै मनपर्छ । अझ बढी हाम्रो समाजको वास्तविकता झल्काउने खालका मौलिक गीत मन पराउँछु ।

अन्त्यमा तपाईको भन्नु केही छ ?

अन्तमा गीत संगीतका विकृति विसंगतिलाई राम्रोसँग औल्याइदिने श्रोता र दर्शकहरुको अधिकार हो । त्यसैले राम्रा कलाकार अनि मौलिक र बस्तुपरक गीत संगीतलाई माया गरिदिन म आम श्रोता र दर्शकहरुमा विनम्र अनुरोध गर्न चाहन्छु ।

प्रतिकृया

Add