आरविपी डब्लुकोे समीक्षा कार्यक्रम

 आइतवार, चैत्र ११, २०७४ | onlinenews

रामेछाप । सुनौलो भविश्यका लागि शिक्षा परियोजना अन्तर्गत सञ्चालीत गतिविधिको बारेमा रामेछाप विजिनेश एण्ड प्रोफेशनल वमेन (आरबिपी डब्लु)ले समीक्षा गरेको छ ।
जिल्ला परियोजना सल्लाहकार समितिको बैठकको आयोजना गरि आफना गातिबिधि बारे समीक्षा गरेको हो ।
कार्यक्रममा परियोजना संयोजक दिलबहादुर बस्नेतले परियोजनाले रामेछाप स्रोतकेन्द्र अन्तर्गत भूकम्प पश्चात विद्यालय भवन पुनःनिर्माण, बिपन्न बालबालिकालाई शैक्षिक सामाग्री सहयोग, अभिभावकलाई आयआर्जनका लागि समेत सहयोग गरिएको जानकारी गराएका थिए ।
बैठकमा सहभागि नेकपा एमाले रामेछापका सचिव आनन्द श्रेष्ठ, नेपाली काग्रेसका सभापति लबश्री न्यौपाने, माओवादी केन्द्रका उद्धब रम्तेल, राप्रपाका केशब दाहाल नेकपा मालेका सचिव ओमबाबु पुरी, जिल्ला शिक्षा अधिकारी दिनानाथ गौतम नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुङ्गेल लगायतले परियोजनाले सञ्चालन गरेको कार्यक्रमहरु प्रभावकारी भएको बताएका थिए । साथै परियोजनाको अबधि थप्नुपर्नेमा पनि उनीहरुले जोड दिएका थिए ।
दुई चरणमा सञ्चालीत ९ बर्षे परियोजना यही चैत्र महिनादेखि बहिर्गमन हुने भएकोले परियोजना अवधिभर गरिएका गातिविधि र उपलब्धीको बारेमा जानकारी गराउने र आगामी दिनका लागि सल्लाह सुझाब लिने उद्देश्यले समीक्षा कार्यक्रमको आयोजना गरिएको संस्थाकी अध्यक्ष घना श्रेष्ठले बताइन ।
समीक्षा कार्यक्रम जिल्ला समन्वय समितिका संयोजक प्रेम बहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो

प्रतिकृया

Add