गायक रामकुमार कार्कीको “घर त मेरो रामेछाप जिल्ला” आयो बजारमा

 सोमवार, चैत्र १२, २०७४ | onlinenews

रामेछाप । गायक रामकुमार कार्कीले नयाँ गीति एल्बम बजारमा ल्याएका छन् । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका निबासी गायक रामकुमार कार्कीले नयाँ गीति एल्बम “घर त मेरो रामेछाप जिल्ला” बजारमा ल्याएका हुन् ।
गायक रामकुमार कार्कीको यस अघि एक दर्जन भन्दा बढी गीति एल्बम बजारमा आइसकेका छन् । सन्देशमूलक गीतहरु बढि गाउँने गायक कार्की “अब त गाउँमै गइन्छ” एल्बमबाट नेपाली लोक गीतको क्षेत्रमा निकै राम्रो चर्चा कमाउन सफल गायक हुन् ।
गाउँमा कमाई नदेख्ने र रोजगारीका लागि विदेशीने युवाहरुलाई लक्षित गरि बजारमा ल्याइएको गीति एल्बम “अब त गाउँमै गइन्छ” एल्बमका गीतले बेरोजगार नेपाली समाजको वास्तविकतालाई उजागार गरेको छ ।
नेपाली समाजमा बढ्दो बेरोजगारी समस्यालाई चिर्दै युवाहरुले गाउँमै केही गरेर देखाउँनु पर्छ र गाउँमै पनि स्वरोजगर बन्न सकिन्छ भन्ने सन्देश गीत मार्फत दिइएको छ ।
गाउँमै बाख्रा पालन, कुखुरा पालन गरेर पनि पैसा कमाउँन सकिन्छ । पैसा कमाउन विदेशमै जानुपर्छ भन्ने छैन जस्ता सन्देश दिइएको छ ।
२०६५ सालदेखि सांगीतक क्षेत्रमा होमिएका गायक कार्की छोटो समयमै नेपाली सांगीतिक क्षेत्रमा दरिलो उपस्थिति जमाउन सफल गायक हुन् ।
त्यसैगरी “नक्कले मोरो” एल्बम पनि सांगीत बजारमा राम्रो विकेको एल्बम हो गायक कार्कीको ।
दर्जन बढी गीति एल्बमबाट सफल मानिएका गायक कार्की फेरि नयाँ एल्बम “घर त मेरो रामेछाप जिल्ला” गीति एल्बम लिएर बजारमा आएका छन् ।
उनको यो एल्बमको नाम सुँँन्दा माया पिरतीको गीत जस्तो लागे पनि एल्बमभित्र गाइएका गीत भने सन्देश मूलक नै रहेका छन् ।
उनले यो एल्बमका गीतमा रामेछाप जिल्लाको चिनारी दिने कोषिश गरेका छन् । गीतमा रामेछाप जिल्लाको भौगोलिक अवस्था र ऐतिहासिक स्थलहरुको बारेमा बयान गरिएको छ ।
कार्कीको पछिल्लो एल्बम घर त मेरो रामेछाप जिल्लाको अडियो हालै मात्र यूट्यूवमा अपलोड गरिएको छ । अहिले सो गीतको भीडियो सुटिङ्ग भइरहेको र छिट्टै म्यूजिक भीडियो बजारमा आउँने पनि गायक कार्कीले बताए ।

घर त मेरो रामेछाप जिल्ला लगत्तै आधा दर्जन गीतहरु गाउँने र आउँने क्रममा रहेको पनि गायक कार्कीले बताए ।
सामाजिक भाव र सन्देश बोकेका गीत लेख्दै र गाउँदै आएका गायक कार्की सांगीगित क्षेत्रमा मात्रै नभएर विभिन्न संघसंस्था मार्फत सामाजिक क्षेत्रमा पनि त्यत्तिकै सक्रिय छन् ।

प्रतिकृया

Add