नेपाल ट्रेड युनियन काँग्रेस रामेछापको अध्यक्षमा पूर्ण सुवेदी

 बिहिबार, चैत्र १५, २०७४ | onlinenews

रामेछाप । नेपाल ट्रेड युनिय काँग्रेस रामेछापको अध्यक्षमा पूर्ण सुवेदी निर्वाचित भएका छन् । छैठौ जिल्ला अधिवेशनले सुवेदीलाई अध्यक्षमा निर्वाचित गरेको छ ।
अधिवेशनले ५ उपाध्यक्ष, १ सचिव, २ सहसचिव, १ कोषाध्यक्ष १ युवा अध्यक्ष, १ महिला अध्यक्ष तथा नौ जना सदस्य सहित २१ सदस्यीय कार्य समिति गठन गरेको छ ।
अधिवेशनले ६ जना प्रादेशिक प्रतिनिधि र ३ जना केन्द्रीय प्रतिनिधि समेत चयन गरेको छ । जिल्ला कार्य समितिको लागि अध्यक्ष बाहेका सबै पदमा सर्वसम्मती भएको थियो ।
अध्यक्ष पदमा भने सहमति हुन नसकेपछि पूर्ण सुबेदी, पुरुषोत्तम घिमिरे र राजुश्री घिमिरेबीच मतदान भएको थियो ।
१ सय ८ जना मतदाता मध्ये ९५ मत खसेको थियो । जस मध्ये ५३ मत ल्याएर पूर्ण सुबेदी निर्वाचत भएका हुन् । अध्यक्ष पदका प्रतिस्पर्धी पुरुषोत्तम घिमिरेले २७ मत र राजुश्री घिमिरेले ७ मत पाएका थिए भने ६ मत बदर भएको थियो ।

प्रतिकृया

Add