विविध कार्यक्रमका साथ मन्टेश्वरी अभिभावक दिवस मनाइयो

 आइतवार, चैत्र २५, २०७४ | onlinenews

सन्तोष ढुङ्गेल


लुलु होम मन्टेश्वरी महालक्ष्मी नगरपालिका इमाडोलकोे अभिभावक दिवस विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
अभिभावक दिवसलाई संवोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा सिटी एफका प्रतिनिधि राजेन्द्र दाहालले बालबालिकाले पहिलो शिक्षा

अभिभावकबाट प्राप्त गर्ने भएकाले पहिलो गुरु अभिभावक भएको बताए ।
छोराछोरीले बुबाआमाकै अनुसरण गर्ने भएकाले बालकालिकालाई कस्तो सम्भयता सिकाउने र शिक्षा दिने भन्ने पहिलो जिम्मेवारी अभिभावको भएको उनले बताए ।
दाहालले लुलु होम मन्टेश्वरीले प्रदान गरेको शिक्षा र बालबालिकालाई सिकाएको आचरणको खुलेर प्रसंसा समेत गरे ।
लुलु होम मन्टेश्वरीकी प्रिन्सीपल लक्ष्मी कार्कीले लुलु होम गुणस्तरीय र सर्वसुलभ शिक्षा दिन सधै तयार रहेको बताइन ।
मन्टेश्वरीलाई यस क्षेत्रको नमूनाको रुपमा स्थापित गर्ने प्रतिबद्धता पनि ब्यक्ति गरिन ।
कार्यक्रममा राष्ट्रिय स्तरका लोक गायिकाहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
कार्यक्रममा गायिका सपना सोनम, शुश्मिता परियार र सीता परियारले लगायतका कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रम ज्येष्ठ अभिभावक सानुमैया कार्कीको अध्यक्षतामा सम्पनन भएको हो ।

प्रतिकृया

Add