जिल्ला वन अधिकृत कार्यकक्षमा नै थुनिए

 मङ्लबार, चैत्र २७, २०७४ | onlinenews

 रामेछाप/ जिल्ला बन कार्यालय रामेछापका प्रमुख रामविचारी ठाकुर सेवाग्राहरुद्धारा आफ्नै कार्यकक्षमा थुनिएका छन् ।
खयर जातको गोलिया काठ रामेछाप जिल्ला बाहिर लैजान पटक–पटक छुटपूर्जी माग्न जिल्ला बन कार्यालयमा जाँदा पनि छुटपूर्जी नदिएपछि सेवाग्रहीले उनकै कार्यकक्षामा थुनेका हुन् ।
काठको छुट पूर्जी दिने भन्दै पटक–गरि सेवाग्राहीसँग १५ लाख रकम लिएर पनि काठको छुटपूर्जी नदिएको भन्दै सेवाग्राहीले बन अधिकृत रामविचारी ठाकुरलाई कार्यकक्षमै थुलेका हुन् ।
जिल्ला वन कार्यालयले व्यक्तिका कान्लाका रहेको खयर जातको रुख कटानी र निकासीको लागि हिमाली कच्चा उद्योग हाँसखोसा इटहरीलाई २०६८ सालमा अनुमति दिएको थियो ।
जिल्लाको साविक मन्थली गाविस–१, २ र ३ र साविक भटौली, भिरपानी, मझुवा, पकरवास, लगायतका स्थान रुख जिल्ला बन कार्यालयले अनुमति दिएको थियो ।
कटान गरिएको काठ मध्ये ४ सय ९० क्युफिट गोलिका काठ कम्पनीलाई लैजान वन कार्यालयले इजाजत दिए पनि बाँकी काठको लागि भने पूर्जी नदिएको हो ।
महोत्तरी जिल्ला बर्दिवास नगरपालिका–१ का रुपनारायण गौतमसँग छुट पूर्जी दिने भन्दै पटक–पटक घूस स्वरुप रकम लिए पनि काठ लैजाने अनुमति हालसम्म नदिएको हो ।
क्षेत्रीय वन कार्यालय हेटौडामा कागाजत मिलाउन भन्दै ठाकुरले ५ लाख रुपैयाँ लिएको गौतम बताए ।

ब्यवसायिलाई रक्सी समेत किन्न लगाए

रामेछापमा वन विभाग र अख्तियारको टोली आउने र उनीहरुलाई पनि खानपानको व्यवस्थापन गर्नुपर्ने भन्दै अधिकृत ठाकुरले १२ हजार मूल्य पर्ने रक्सी समेत व्यवसायीलाई किन्न लगाएको ब्यवसायिले बताएका छन् ।
अख्तियार र टोली रामेछापमा हुँदा होटलको १ लाख २० हजारको विल समेत तिर्न लगाएको सेवाग्राही रुपनारायण गौतमले बताए ।
यसरी पटकपटक काठ लैजान पूर्जी दिने भन्दै वन अधिकृत ठाकुरले १५ लाख रुपैयाँ खर्च लिएका थिए । बाँकी काठ लैजाने पूर्जि लिनको लागि पुनः ५ लाख रुपैयाँ मागेछपछि आक्रोशीत बनेका गौतमले जिल्ला बन कार्यालय प्रमुखलाई कार्यकक्षमा थुनेका हुन् ।
बन कार्यालयले सेवाग्राहीलाई वुझाउनु पर्ने राजश्व वुझाउन भनेपछि गौतमले १ लाख ७० हजार रुपैययाँ राजश्व समेत तिरिसकेका छन् । कटान गरिएको काठ हाल साविक भिरपानी गाविसको सित्खा भन्ने स्थानमा १९ सय किवि काठ त्यतीकै रहेको छ ।

 घूस खुवाउन ५० लाखमा घर बिक्री

काठ लैजाने छुटपूर्जी माग्दा बन अधिकृतले पैसा मागेपछि आपूmले बर्दिवासमा रहेको २ तले घर समेत बिक्री गरेको बताए ।
बन अधिकृतले माग अनुसारको रकम आपूmसँग नभएपछि उनलाई पैसा दिनकै लागि बर्दिबासमा रहेको आफ्नो घर ५० लाख रुपैयाँमा बेचेको रुपनारायण गौतमले बताए ।
जिल्ला वन अधिकृतले सञ्चारकर्मी जानकारी लिन खोज्दा वन अधिकृत ठाकुरले कुनै प्रतिक्रिया दिन चाहेनन् ।

प्रतिकृया

Add