राजीनामा दिन जनप्रतिनिधिलाई आग्रह, राजीनामा नदिनेलाई जनकारबाही गर्ने चेतावनी

 बिहिबार, चैत्र २९, २०७४ | onlinenews

जनपरिषद नेपाल रामेछापले जिल्लाका ८ वटै स्थानीय तहका प्रमुख, अध्यक्ष र वडा अध्यक्षहरुलाई एक हप्ताभित्र राजीनामा दिन आग्रह गर्दै पत्र लेखेको छ ।
स्थानीय तहको निर्वाचनपछि देशको सीमा अतिक्रमण, भ्रष्टाचार, कमिसन, दलाली लगायतका गतिविधिहरु बढिरहेको र जनप्रतिनिधि कुर्सीको लागि लुछाचुडी गरिरहेको उल्लेख गर्दै तत्काल पदबाट राजीनामा दिन पत्र मार्फत आग्रह गरेको छ ।
जननिर्वाचित प्रतिनिधिले कम्जोर आयश्रोत भएका सोझा सिधा जनतालाई विभिन्न बाहनामा करको भार थोपरेर लुट्न खोजेको र भ्रष्टाचार व्यापक रुपमा मौलाउँदै गएको जनपरिषदको आरोप छ ।
तोकिएको समय सीमाभित्र राजीनामा नदिए राष्ट्र, जनता र जनसत्ता विरोधीको रुपमा जनकारबाही गर्ने जिल्ला जनपरिषद् नेपाल रामेछापका प्रमुख तुफान द्धारा हस्ताक्षरीत पत्रमा उल्लेख गरिएको छ ।
तोकिएको समयमा राजीनामा नदिए तत्काल कारबाही गरिने पनि पत्रमा उल्लेख छ । पत्रमा यही चैत्र २८ गतेको मिति उल्लेख छ ।

प्रतिकृया

Add