माझी समुदायलाई लक्षित गरि लिफ्ट सिंचाई

 बिहिबार, चैत्र २९, २०७४ | onlinenews

रामेछाप: रामेछाप जिल्लाको मन्थली नगरपालिका–८ स्थित जखनीटार र गाइखुराका माझी समुदायलाई लक्षित गरि लिफ्ट प्रणालीबाट सिंचाई कुलो निर्माण हुने भएको छ ।
रामेछाप जिल्लाको सुख्खा क्षेत्रमा पर्ने जखनीटारको ९५ घर माझी समुदाय र गाइखुराको ५० परिवारका लागि सिंचाई सुविधा पु¥याउने उद्देश्यले तामाकोसी नदिबाट पानी तान्न लागिएको हो ।
सिंचाइका लागि प्रयोग गर्दै आएका खहरे खोलाहरुमा पानीको मुल फुट्न छोडेपछि जखनीटार र गाइखुरामा सिंचाइको समस्या हुँदा कतिपय जमिन बाँझै रहेका छन् ।
बाँझो जमिनमा सिंचाई सुविधा पु¥याउने उद्देश्यले सामुदायिक विकास समाज मन्थली र मन्थली नगरपालिकाको सहकार्यमा लिफ्ट प्रणालीबाट कोशीको पानी तान्न लागिएको सामुदायिक विकास समाज मन्थलीका अध्यक्ष मिलनकुमार घिसिङले बताए ।
२ सय ३१ रोपनी क्षेत्रफल खेतीयोग्य जमिन रहेको जखनीटारमा सामुदायिक विकास समाज मन्थलीको २० लाख २७ हजार ७ सय ३५ रुपैयाँ, मन्थली नगरपालिकाको ६ लाख ३५ हजार र ७ लाख ४० हजार ८ सय ५० रुपैयाँ बराबर स्थानीयको श्रमदान गरि ३४ लाख ३ हजार ५ सय ९२ रुपैयाँमा लिफ्ट सिंचाई कुलो निर्माण हुन लागेको हो ।
कोसीबाट ६ इन्चको पाइपमा पानी तानेर कोसीबाट १ सय १५ मिटरको उचाईमा ट्यांकी निर्माण गरि पानी जमाएर सिंचाईमा प्रयोग गरिने प्राविधिक कमल राईले बताए ।
त्यसैगरी १ सय ३१ रोपनी क्षेत्रफल सिंचाई योग्य जमिन रहेको गाइखुरामा सामुदायिक विकास समाजको २८ लाख २७ हजार ३ सय ७३, मन्थली नगरपालिकाको ७ लाख ४७ हजार ५१ रुपैयाँ, १६ लाख ४९ हजार ६ सय ७२ रुपैयाँ बराबर स्थानीयको श्रमदान सहित ५२ लाख २४ हजार ९६ रुपैयाँमा लिफ्ट सिंचाई कुलो निर्माण हुने भएको हो ।
खानेपानीको समेत चरम समस्या रहेको त्यस ठाउँमा सिंचाई सुविधा आएपछि ब्यवासयिक तरकारी खेतीबाट आयआर्जमा बृद्धि गर्ने योजना रहेको स्थानीय गणेश माझीले बताए ।
मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले लिफ्ट सिंचाई कुलोको शिलान्याश गर्दै चालू आर्थिक वर्षको अन्तिमसम्म सिंचाई योजना सम्पन्न हुने बताए ।

प्रतिकृया

Add