नयाँ वर्षमा ‘नत भूलेर गयौ, नत छोडेर गयौं’

 शनिबार, बैशाख १, २०७५ | onlinenews

सन्तोष ढुङ्गेल/ काठमाडौं
‘नत भुलेर गयौं नत छोडेर गयौं’ नयाँ वर्ष २०७५ को अवसर पारेर नव गीतकार भूपाल उप्रेतीले बजरमा ल्याएका छन् ।

सानैदेखित संगीतमा चासो राख्ने उप्रेतीले ‘नत भूलेर गयौ, नत छोडेर गयौं’ आधुनिक गीत नयाँ वर्षको अवसर पारेर बजारमा ल्याएका हुन् ।
समाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको ‘नत भुलेर गयौ नत छोडेर गयौ’ बोलको आधुनिक गीतमा शशीविक्रम थापाले संगीत भरेका छन् भने मनोजराजले स्वर दिएका छन् ।
अकास्टिक रेकडिङ्ग स्टुडियोमा रेकर्ड गराइएको गीतको शब्द भूपाल उप्रेतीले कोरेका हुन् ।
अडियोको रूपमा सार्वजनिक गरिएको गीतको भिडियो सुटिङ भइरहेको उप्रेतीले बताए ।
सो गीतबाट प्राप्त हुने रकम कालिस्थान माध्यामिक विद्यालयलाई सहयोगार्थ प्रदान गरिने पनि उप्रेतीले बताएका छन् ।

प्रतिकृया

Add