लिखु तामाकोशीमा अभिमुखिकरण र सार्वजनिक सुनुवाई

 शनिबार, बैशाख १, २०७५ | onlinenews

रामेछाप/ रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिकामा गरिबी निवारण कोषको आर्थिक सहयोगमा सञ्चालीत कार्यक्रमको प्रगति सम्वन्धी अभिमुखिकरण तथा सार्वजनिक सुनुवाई गरिएको छ ।
गरिवि निवारण कोषको आर्थिक सहयोगमा चारघरे सेवा समिति रामेछाप रामपुर, पहाडी समाज कल्याण केन्द्र दोरम्वा, नेपाल समाज सेवा संघ बाम्ती र सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारले २०६२ सालदेखि पुर्वाधार विकास र आयआर्जनका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सञ्चालीत कार्यक्रमको प्रगति प्रतिवेदनका साथै घुम्ति कोषको रकमलाई कसरी परिचालन र दिगोपना दिने भन्ने विषयमा समेत छलफल भएको छ ।
सार्वजनिक सुनुवाईमा उठेका प्रश्न तथा जिज्ञासाको जबाफ सम्वन्धीत साझेदार संस्थाका कार्यक्रम प्रमुखहरु कोमलदाश श्रेष्ठ, शंकर कँडेल, रचना तामाङ र कर्ण विकले दिएका थिए ।
कार्यक्रममा कार्यपालिका सदस्य, पालिका स्तरीय नागरिक समाज, बुद्धिजिवि, राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, सामुदायिक संस्थाका सदस्य र स्थानीयको सहभागिता रहेको थियो ।
गरिबी निवारण कोष र साँझेदार संस्थाहरुबीचको सम्झतौ यही चैत्र ३० गतेबाट सकिदै छ । साँझेर संस्थाहरुसँगको सम्झौता सकिएपछि गरिवि निवारण कोषको कार्यक्रम गाउँपालिका मार्फत सञ्चालन हुने भएको छ ।

प्रतिकृया

Add