मोटरसाइकल दुर्घटनामा २ को मृत्यु

 आइतवार, बैशाख २, २०७५ | onlinenews

दोलखाको तामाकोशी गाउँपालिकास्थित भिरकोटमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परि मोटरसाईकल चालक रामेछापको मन्थली नगरपालिका १ का १८ वर्षिय सागर श्रेष्ठ र मोटरसाइकलमा सवार सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका–४ का २५ वर्षिय राजकुमार मोक्तानको मृत्यु भएको हो ।
दोलखाको शैलुङ गाउँपालिकाबाट रामेछापतर्फ आउँदै गरेको बा ९२ प ७२१४ नम्बरको मोटरसाईकल गएराति करिब साँढे १० बजे जिल्लाको तामाकोशी गाउँपालिका १ भिरकोटको माझिगाउँस्थित मोडमा दुर्घटना भएको दोलखा प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि उनीहरुको घट्नास्थलमै मृत्यु भएको दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक डिएसपी रामेश्वर कार्कीले जानकारी दिए ।
घटनास्थलमा राति देखिनै प्रहरी खटिए पनि रातको समयमा उद्धारमा कठिनाई भएकाले आइतबार बिहान उद्धार गरि पोष्टमार्टमका लागि सदरमुकाम चरिकोट लगिएको छ ।
मोटरसाईकल सडकबाट करिव डेढ सय मिटर तल खसेको र घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया

Add