समाचार प्रभावः भूकम्प पीडितको काठ तोकेको ठाउँमा झार्न प्रशासनको निर्देशन

 आइतवार, बैशाख २, २०७५ | onlinenews
Share this

रामेछाप/ रामेछाप जिल्लाको भूकम्प पीडितको लागि आएको काठ ढुवानी ब्यवसायिले आपूmखुसी गरेपछि आपूर्ति समितिले तोकेको ठाउँमा काठ झार्न जिल्ला प्रशासन कार्यालय रामेछापले निर्देशन दिएको छ ।
जिल्ला आपूर्ति समितिले भूकम्प पीडितको लागि आएको काठ जिल्ला समन्वय समितिको प्राङगणमा झार्ने निर्णय गरेको थियो ।
ढुवानी ब्यवसायिले आपूm खुसी मन्थली नगरपालिका–१ स्थित सुकाजोर खोलामा झारेकाले घाटगद्दि तोकिएकै ठाउँमा काठ झार्न ठेकेदारलाई निर्देशन दिइएको रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिपप्रसाद लामिछानेले जानकारी दिए ।
ठेकेदारले आपूmखुसी सुकाजोर खोलामा झारेको काठ तत्काल जिल्ला आपूर्ति समितिले घाटगद्दि तोकेको स्थान जिल्ला समन्वय समितिको प्राङगणमा झार्न निर्देशन दिएको हो ।
भूकम्प पीडितको नाममा आएको काठ ठेकेदारले एक महिना पहिले नै सुकाजोर खोलामा झारे पनि आपूर्ति समितिले अहिलेसम्म काठ नबुझेको आपूर्ति समितिको सदस्य सचिव समेत रहेका सहायक बन अधिकृत मणीराम यादवले बताए ।
भूकम्प पीडितलाई ९० प्रतिशत राजस्व छुटमा सरकारले उपलब्ध गराएको काठ रामेछापको लागि ढुवानी गर्ने ठेक्का त्रिपुरा ढुवानी कम्पनीका कृष्ण केसीले लिएका थिए ।
केठेदार केसीले सुकाजोर खोला भन्ने स्थानमा विना अनुमति काठ चिरान मिल समेत स्थापना गरि आफ्नौ मिलमा भूकम्प पीडितको नाममा आएको काठ झारेपछि जिल्ला पशासन कार्यालयले घाटगद्दि तोकेको ठाउँमा काठ झार्न निर्देशन दिएको हो ।
यस अघि “भूकम्प पीडितलाई दिने काठमा ठेकेदारको मनपरी” शीर्षकमा हाम्रो अनलाइन न्यून डटकममा समाचार प्रकाशन भएको थियो । हाम्रो आनलाइमा समाचार प्रकाशन भएपछि जिल्ला प्रशासन कार्यालयले यस्तो कदम चालेको हो ।

Share this

प्रतिकृया

Add