सिरियाको डुमा शहरमा रासायनिक हतियार अनुगमनकर्तालाई भ्रमणको अनुमति दिईने

 मङ्लबार, बैशाख ४, २०७५ | onlinenews

रुसले सिरियामा रासायनिक आक्रमण गरेको भनिएको डुमा शहरमा रासायनिक हतियार अनुगमनकर्तालाई भ्रमणको अनुमति दिने भएको छ ।
गत शनिबारदेखि अर्गनाइजेशन फर प्रोहिविसन अफ केमिकल विपन्स्को नौ सदस्यीय टोली राजधानी दमास्कसमा रहे पनि उसलाई डुमा जाने अनुमति दिइएको थिएन ।
रुसी विदेश मन्त्री सर्गेइ ल्याभरोभले आक्रमण गरिएको स्थलमा सबुत मेटाउने कुनै काम नभएको ग्यारेन्टी दिने बताएका छन् । अमेरिका र बेलायतले प्रमाण मेटाउने काममा सिरियालाई रुसले सहयोग गरिरहेको आरोप लगाएका छन् ।
डुमामा गराइएको रासायनिक आक्रमणको जवाफमा अमेरिका, बेलायत र फ्रान्सको गठबन्धनले सिरियाको रासायनिक अस्त्र भण्डारमा आक्रमण गरेका थिए । सिरिया र उसको सहयोगी रुसले रासायनिक आक्रमण नगरेको दाबी गरेका छन् ।
अप्रिल ७ मा डुमामा रासायनिक आक्रमण गरिएको समय उक्त क्षेत्र विद्रोहीको नियन्त्रणमा थियो । तर अहिले सिरियाली सरकार र रुसी सेनाको नियन्त्रणमा छ ।

प्रतिकृया

Add