गाईफर्मबाट गाउँमै रोजगारी सिर्जना

 मङ्लबार, बैशाख ४, २०७५ | onlinenews

रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका–७ सुकाजोरका स्थानीय कृषकले गाई फर्म सञ्चालन गरेर गाउँमै रोजगारी सिर्जना गरेका छन् ।
स्थानीय व्यक्ति मिलेर महाकाली कृषि सहकारी संस्था लिमिटेड स्थापना गरेर व्यवसायिक गाई फर्ममार्फत रोजगारी सिर्जना गरेका हुन् ।
स्थानीयको आयआर्जनमा बृद्धि गर्ने उद्देश्यले स्थानीय मिलेर सञ्चालनमा ल्याएको सामुदायिक गाई फर्मबाट ६ जना स्थानीयले रोजगारी पाएका छन् ।
एक सय वटा गाई पालेर दूग्ध ब्यवसाय गर्ने लक्ष्य लिएको सहकारीले १० वटा गाईबाट व्यवसाय सुरु गरेका हुन् ।
हाल फर्ममा रहेको १० वटा गाई मध्ये ४ वटा दुध दिने र अन्य ब्याउने गाईहरु रहेका छन् ।
४ वटा गाईले दिने दैनिक एक सय लिटर दूध स्थानीय बजारमा बिक्री हुने गरेको छ । बजारमा खपत नहुने दूधको लागि चिस्यान केन्द्र समेत राखिएको छ ।
दैनिक दुध बजारमा पु¥याउँन २ जना र ४ जनाले गाईलाई घाँस पानी गर्दै आएको महाकाली कृषि सहकारी संस्था लिमिटेडका ब्यवस्थापक डोरदेव घिमिरेले बताए ।
गाई फर्म साथै दुध चिस्यान केन्द्र सञ्चालन गरेर दूधबाट खुवा, पनिर र पुस्टकारी लगायतका परिकार बनाएर बजारमा पु¥याउने तयारी भइरहेको घिमिरेले बताए ।
सहकारी मार्फत गाईफर्म सञ्चालन गरेर गाउँमै रोजगारी पाएको आपूm खुसी रहेको गाईफर्मका कर्मचारी

 धनबहादुर कार्कीले बताए ।
स्थानीय मिलेर रामेछाप नगरपालिकाको सुकाजोरमा ९५ रोपनी जग्गा भाडामा लिएर व्यवसायिक गाई फर्म सुरु गरेका हुन् ।
९५ रोपनी जग्गा मध्ये १५ रोपनीमा गाईको लागि गोठ र सहकारीको भवन निर्माण गरिएको छ भने ७५ रोपनीमा घाँस खेती लगाइएको छ ।

प्रतिकृया

Add