गाउँपालिकाले सूचना डेस्क सञ्चालन गर्छः गाउँपालिका प्रमुख सुनुवार

 बिहिबार, बैशाख ६, २०७५ | onlinenews

रामेछाप । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका प्रमुख शेरबहादुर सुनुवारले गाउँपालिका स्तरमा सुरक्षित वैदेशिक रोजगारीका लागि सूचना प्रवाह गर्न सूचना डेस्क सञ्चालन गर्ने बताएका छन् ।
बैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो र लाभदायक बनाउन आगामी आर्थिक वर्षबाट गाउँपालिका स्तरमा सूचना डेस्क संञ्चालन गर्ने गाउँपालिका प्रमुख सुनुवारले बताए ।
सुरक्षित बैदेशिक रोजगारीका लागि “सुरक्षित आप्रवासन परियोजना सामीले चार बर्षदेखि प्रसंशनीय कार्य गर्दै आएको बताउँदै गउँपालिका प्रमुख सुनुवारले सोही कार्यक्रमको निरन्तरताका लागि गाउँपालिका स्तरमा सुचना डेस्क संञ्चालन गर्न आपूm प्रतिवद्ध रहेको बताए ।
सन् २०१९ बाट प्रदेश नं ३ अन्र्तगत रामेछाप जिल्लामा कुनै परियोजना सञ्चालन नगर्ने गरि स्वीस सरकारले हात झिकेकोमा आफूहरु दुःखी भएको पनि सुनुवारले बताए ।
सामी परियोजना मार्फत परिचालीत भएका रिटर्नी स्वंसेवकहरु उमाकुण्ड गाउँपालिकाका सबै वडामा परिचालन गर्ने पनि गाउँपालिका अन्तर्गत सातै वडाका वडा अध्यक्षहरु र गाउँपालिका प्रमुखले प्रतिबद्धता व्यक्त गरेका छन् ।
हेल्भेटास स्विस ईन्टरकोअपरेशन नेपाल, सुरक्षित आप्रवासन परियोजना र जिल्लाका दुई साझेदार संस्थाको आयोजनामा निर्वाचित जनप्रतिनीधिहरुका लागि एकदिने अन्र्तक्रिया कार्यक्रममा गाउँपालिका प्रमुख र वडा अध्यक्षहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
सुचना केन्द्रका अनुसार उमाकुण्ड गाउँपालिकाबाट मात्रै १७ वटा घट्नाहरु सुचना केन्द्रमा दर्ता भएका छन् ।
बैदेशिक रोजगारीका कारण श्रृजित पारिवारिक तथा सामाजिक समस्याहरु पनि चुलिँदै गएको छ ।
ग्रामिण क्षेत्रमा विकास भन्ने बित्तिकै ग्रामिण सडक निर्माण, बिद्युत्तिकरण, खानेपानी निर्माण भन्ने बुझाई रहेको कारण अन्य सामाजिक सरोकारका मुद्दा लगायत बैदेशिक रोजगारीको विषय ओझेलमा परेको छ ।
कार्यक्रममा सुरक्षित आप्रवासन परियोजना जिल्ला परियोजना संयोजक भोजराज सुनुवारले नेपालमा बैदेशिक रोजगारीको बर्तमान अवस्था, बैदेशिक रोजगारीका अवसर तथा चुनौति, बैदेशिक रोजगारीका कारण बढ्दो सामाजिक लागतका बिषयमा जानकारी गराएका थिए ।
त्यसैगरी जिल्लाका दुई साझेदार संस्था मार्फत् भए गरेका कार्यक्रमको बारेमा सूचना तथा परामर्स केन्द्रका कार्यक्रम संयोजक दिपक केसीले जानकारी गराएका थिए ।
अन्तरक्रिया कार्यक्रममा उमाकुण्ड गाउँपालिका अन्र्तगतका वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायत सामाजिक विषय शिक्षकहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया

Add