सुचना केन्द्र जिल्ला प्रशासन कार्यालयमा स¥यो

 बुधबार, जेष्ठ २, २०७५ | onlinenews

रामेछाप- रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गतको सूचना तथा परामर्श केन्द्र जेष्ठ १ गतेबाट जिल्ला प्रशाशन कार्यालयमा सरेको छ ।
अब सूचना तथा परामर्स केन्द्रका सबै कामहरु जिल्ला प्रशासन कार्यालयमा रहने सूचना केन्द्रबाटै हुने छ । एक कार्यक्रमकाबीच सूचना केन्द्र औचापरिक रुपमा जिल्ला प्रशासन कार्यालयको भवनमा सारिएको हो ।
जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख र प्रमुख जिल्ला अधिकारीले संयुक्त रुपमा सूचना तथा परामर्स केन्द्रको ब्यानर खोलेर सूचना केन्द्रको उद्घाटन गरेका थिए ।
सूचना केन्द्र उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले सामी परियोजना अन्र्तगत जिल्लामा सञ्चालीत कार्यक्रम आवश्यकता र जनसरोकारको बिषय भएकाले स्थानीय तहले सुरक्षित बैदेशिक रोजगारीको बिषयलाई आत्मासाथ गर्नुपर्ने बताए ।
मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले जिल्लामा सञ्चालीत सूचना तथा परामर्स केन्द्रले जनताको भावना र समयको माग अनुरुपको काम गरेको भन्दै सामी परियोजनालाई धन्यवाद दिए ।
नगरपालिका प्रमुख बस्नेतले सूचना तथा परामर्श केन्द्रलाई निरन्तरता दिनको लागि मन्थली नगरपालिकाको तर्फबाट बजेट विनियोजनमा प्राथमिकतामा राख्ने पनि प्रतिवद्धता ब्यक्त गरे ।
स्थानीय तहले युवा स्वरोजगार कार्यक्रमलाई प्राथमिकता नदिने हो भने सिंङ्गो देशनै बृद्धाश्रममा रुपान्तरण हुने नगरपालिका प्रमुख बस्नेतको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले रामेछाप जिल्ला आफ्नो नयाँ कार्यक्षेत्र भएकाले भौगोलिक, सामाजिक र आर्थिक बस्तुस्थित अध्ययनको क्रममा रहेको भन्दै सूचना तथा परामर्स केन्द्रका लागि जिल्ला प्रशाशन कार्यालयको तर्फबाट गर्नुपर्र्र्र्ने सहयोगमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।
स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भएकाले सुरक्षित बैदेशिक रोजगार सम्बन्धि सेवालई निरन्तरता दिनका लागि रामेछाप जिल्लाका सबै स्थानीय तहले आगामी आर्थिक वर्षको योजनामा प्राथमिकता साथ समावेस गर्न पनि प्रजिअ शर्माले जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।
परियोजनाले जिल्लामा सञ्चालन गरेका गतिविधिको बारेमा सुरक्षित आप्रवासन परियोजना सामीका जिल्ला परियोजना संयोजक भोजराज सुनुवारले जानकारी गराएका थिए ।
सूचना तथा परामर्स केन्द्रबाट दिइने सेवाको बारेमा केन्द्रकी परामर्सकर्ता सिर्जना बस्नेतले जानकारी गराएकी थिइन ।
जिल्लामा हेल्भेटास स्विस ईन्टरकोअपरेशन नेपाल र रामेछापका दुई गैह्र सरकारी संस्था सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटार र चारघरे सेवा समितिले परियोजना अन्तर्गत नियमित कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रतिकृया

Add