खाँडादेवीमा लक्ष्मी बैंकको शाखा स्थापना

 शुक्रबार, जेष्ठ ४, २०७५ | onlinenews

  रामेछाप- रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकामा पहिलो पटक बैंक सञ्चालनमा आएको छ ।
स्थानीय तह पुर्नसंचरना पश्चात पहिलो पटक गाउँपालिकाको केन्द्र माकादुमममा लक्ष्मी बैंकको शाखा स्थापना भएको हो ।
सोमबारदेखि वित्तिय कारोबार सुरु गरेको बैंकको उद्घाटन गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङ र उपाध्यक्ष मखमली श्रेष्ठले संयुक्त रुपमा गरेका थिए ।
गाउँपालिकाबाट हुने वित्तिय कारोबार सबै गाउँपालिकामा स्थापना भएको बैंकबाटै हुने अध्यक्ष तामाङले बताए ।
गाउँपालिकामा बैंक स्थापना भएसँगै विकास निर्माणको भुक्तानी लिन तथा स्थानीय बासिन्दालाई बैकिंङ कारोबारको लागि सदरमुकाम मन्थली आउनुपर्ने बाध्यता टरेको छ ।

प्रतिकृया

Add