सुनापती गाउँपालिकालाई ४० करोडको जग्गा

 शुक्रबार, जेष्ठ ४, २०७५ | onlinenews

 रामेछाप- रामेछाप जिल्लाको सुनापती गाउँपालिकाको कार्यालय भवन निर्माणका लागि गाउँपालिकाको हिलेदेवीका ३० घर परिवारले ४० करोड बराबरको जग्गा निःशूल्क प्रदान गरेका छन् ।
हिलेदेवी सादीडाँडाका ३० घरपरिवारले गाउँपालिकालाई चालिस करोड रुपैयाँ पर्ने जग्गा निःशूल्क प्रदान दिएका हुन् । स्थानीयले न्यूनतम आठ आनादेखि पाँच रोपनी सम्मगरी ८२ रोपनी जग्गा गाउँपालिकालाई दिएका हुन् ।
यसअघी बसेको गाउँपालिकाको बैठकले हाल गाउँपालिकाको केन्द्र बसेको भवन आसपास निःशूल्क जग्गा उपलब्ध खोजीको लागि स्थानीय बिबी तामाङको संयोजकत्वमा उपसमिति गठन गरेको थियो ।
सात दिनको समय पाएको तामाङ नेतृत्वको नौ सदस्यीय टोलीले दुई दिनभित्र नै निशुल्क जग्गा खोजेर गाउँपालिकालाई प्रदान गरेकोे हो । संयोजक तामाङले ८२ रोपनी जग्गाको पुर्जा गाउँपालिकाका अध्यक्ष धावा लामा र उपाध्यक्ष गिता विष्टलाई बुझाएका छन् ।

प्रतिकृया

Add