बाहुनचुरामा शहरी स्वास्थ्य केन्द्र

 शुक्रबार, जेष्ठ ४, २०७५ | onlinenews

 रामेछापको- रामेछापको मन्थली नगरपालिका– ९ पुरानागाउँको बाहुनचुरामा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ ।
मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले बुधबार एक कार्यक्रमबीचको उद्घाटन गरेका हुन् ।
स्वास्थ्य केन्द्रको उदेघाटन कार्यक्रमलाई संवोधन गर्दै नगर प्रमुख बस्नेतले शहरी स्वास्थ्य केन्द्रलाई प्रभावकारी स्वास्थ्य सेवा सहित सञ्चालन गर्न मन्थली नगरपालिका हरप्रकारको सहयोग गर्न तयार रहेको बताए ।
वडा अध्यक्ष बुद्धिबहादुर पुलामी मगरले शहरी स्वास्थ्य केन्द्र सञ्चालन भएपछि बाहुनचुराका नागरिकको स्वास्थ्य सेवा लिन टाढा जानुपर्ने बाध्यता टरेको बताए ।
स्वास्थ्य केन्द्रलाई प्रभावकारी रुपमा सञ्चालन गर्न वडा कार्यालयले कुनै कसर बाँकी नराख्ने पनि उनले बताए । आफ्नो गाउँमा सहरी स्वास्थ्य केन्द्र स्थापना भएपछि बाहुनचुराका स्थानीय खुसी भएका छन् ।

प्रतिकृया

Add