रामेछापेलीसँग माया लगाउँने हो ? लगाउँने भए यो भिडियो हेर्नुस्

 आइतवार, जेष्ठ ६, २०७५ | onlinenews

गायक रामकुमार कार्कीले आफ्नै जन्मभुमिप्रति समर्पित म्यूजिक भिडियो बजारमा ल्याएका छन् । विन्ध्यावासिनी म्युजिक प्राली मार्फत लोक दोहोरी गीत “घर त मेरो रामेछाप जिल्ला” बोलको गीतमा म्यूजिक भिडियो बजारमा आएको छ ।
गायिका पार्वती कार्की र गायक रामकुमार कार्की आवाज दिएको गीतमा रामेछाप जिल्लाको अधिकांस बस्तीहरुको वर्णन गरेको छ । कुमार कार्कीको शब्द सिर्जना, रामकुमार पौडेलले लय सृजना रहेको गीतलाई राजेश सोनीले संगीत संयोजन गरेका छन ।
गीतको म्युजिक भिडियोमा रामेछापको धार्मिक पर्यटकीय सम्भावना र रामेछापका विविध सम्पदालाई पनि देखाइएको छ । गीतको भिडियोलाई सागर गौतमले छायाँकन गरेका हन् भने नविन धर्ति मगरले सम्पादन गरेका छन । सो गीतको म्युजिक भिडियोलाई कोरियोग्राफी काजिश श्रेष्ठले गरेका छन भने खमेश श्रेष्ठले निर्देशन गरेका हुन् । भिडियोमा अमृतबहादुर सुनार, रेवती मगर, सुरेश चन्द्र घिसिङ, मिङमा शेर्पा, कुमारजंग कार्की र वविता कार्कीको अभिनय रहेका छन् ।

प्रतिकृया

Add