सुनकोशी नदिमा एक युवतीको शव भेटियो

 शुक्रबार, जेष्ठ ११, २०७५ | onlinenews

राजिव कार्की


रामेछाप– सिन्धिुली जिल्लास्थित सुनकोसी नदिमा शुक्रबार मृत अवस्थामा एक युवतीको शव फेला परेको छ ।
जिल्लाको गोलन्जोर गाउँपालिका–७ खुर्कोेट बजार नजिक सुनकोशी नदिको किनारमा अन्दाजी १८÷१९ बर्षकी युवतीको शव फेला परेको सिन्धुली प्रहरीले जनाएको छ ।
मृतक युवतीको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । युवतीको टाउकोमा चोट रहेकोले हत्या भएको हुनसक्ने अनुमान प्रहरीको छ ।
यद्यपी प्रहरी टोली घटना स्थल पुगेर अनुसन्धान सुरु गरेको सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए ।

प्रतिकृया

Add