विकास निर्माणमा दिगोपनालाई ध्यान दिनुपर्छः खड्का

 बिहिबार, जेष्ठ १७, २०७५ | onlinenews

जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले स्थानीय सरकारले शिक्षा, स्वास्थ्य र कृषिका क्षेत्रमा दिगो योजना बनाएर काम गर्नुपर्ने बताएका छन् ।
स्थानीय तहले विकासका काम धेरै गरेको तर दिगोपनालाई ध्यान नदिदा काम नदेखिएको खड्काको भनाई छ ।
स्थानीय तहबाट सम्पादन हुने कामलाई प्रभावकारी बनाउनका लागि जिल्ला समन्वय समिति आवश्यक समन्वय गर्न सदैव प्रतिवद्ध रहेको पनि खड्काले बताएका छन् ।
त्यस्तै मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले अब योजनाबद्ध विकासको थालनी गर्ने बताएका छन् ।
नगर प्रमुख बस्नेतले आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्दा आवश्यकता र सिद्धान्तमा आधारित बजेट विनियोजन गर्ने पनि बताए ।
मन्थलीमा आयोजना गरिएको स्वास्थ्य क्षेत्रमा सामाजिक जबाफदेहिता राजनीतिक, आर्थिक विश्लेषण अध्ययनका सुझाव तथा सिफारिसहरु सार्वजनिकीकरण कार्यशालामा बस्नेतले यस्तो बताएका हुन् ।
एक बर्षमा नगरले धेरै काम गरेको भए पनि योजनावद्ध नहुदा काम नदेखिएको भन्दै अब यस्तो हुन नदिने पनि बस्नेतले प्रतिवद्धता व्यक्त गरे ।

प्रतिकृया

Add