बैदेशिक रोजगारीका कारण गाउँका विद्यालय खाली हुँदै

 बिहिबार, जेष्ठ १७, २०७५ | onlinenews

रामेछाप- रामेछापका जिल्ला शिक्षा अधिकारी दिनानाथ गौतमले वैदेशिक रोजगारीको कारण गाउँको सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएको बताएका छन् ।
वैदेशिक रोजगारिमा जनेको परिवार बच्चा पढाउँनै लागि मात्र सदरमुकाम झर्ने गरेकाले सदरमुकामको विद्यालय र बोर्डिङ्गहरुमा भने विद्यार्थीको चाप बढेको बताए ।
सुरक्षित आप्रवासन परियोजना (सामी) रामेछापले आयोजना गरेको “सुरक्षित बैदेशिक” विषयक अन्तरक्रिया कार्यक्रममा जिशिअ गौतमले यस्तो बताएका हुन् ।
यस्ता अन्तरक्रियाका कार्यक्रम वैदेशिक रोजगारीका कारण समुदाय र परिवारमा आएका समस्या, वैदेशिक रोजगारीका सवाल र तथ्यहरु कक्षा कोठासम्म पुग्ने माध्ययम हुने पनि बताए ।
सुरक्षित आप्रवासन परियोजना( सामी) का जिल्ला परियोजना संयोजक भोजराज सुनुवारले बैदेशिक रोजगारीको अवसर, चुनौति र वैदेशिक रोजगारीका कारण समाजमा परेको प्रभावको बारेमा जाकारी गराएका थिए ।
त्यसैगरी जिल्लामा सामी परियोजनाको साझेदार संस्थाहरुले सञ्चालन गरेका कार्यक्रम र कार्यक्रमको उपलब्धिको बारेमा कार्यक्रम संयोजक सागर बिक्रम बस्नेत, मनिका सुनुवार र सुचना तथा परामर्स केन्द्रका परामर्सदाता जीतबहादुर तामाङले जानकारी गराएका थिए ।
विद्यार्थीहरुलाई विद्यालयमै सुरक्षित वैदेशिक रोजगारी सम्वन्धि सूचना दिन सञ्चालन गरिएका अतिरिक्त क्रियाकलाको बारेमा समेत अन्तरक्रिया कार्यक्रममा समीक्षा गरिएको थियो ।
अधिकांश विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता र केहि विद्यालयले बक्तृत्वकला, निवन्ध, बादबिबाद, लघुनाटक, कविता, लोक दोहोरी गीत प्रतियोगिता सञ्चालन गरेको बताएका थिए ।
चालु शैक्षिक सत्रमा समेत यस किसिमका कार्यक्रमलाई नियमितता दिने गरी कार्ययोजना समेत तयार गरिएको छ ।
अन्तरक्रिया कार्यक्रममा मन्थली नगरपालिका भित्रका माध्यमिक विद्यालयका सामाजिक विषय शिक्षकको सहभागितामा रहेको थियो ।
कक्षा ८ को पेशा व्यवसाय र कक्षा १० को सामाजिक कितावको पाठसँग सम्वन्धित् रहेर वैदेशिक रोजगारीको नयाँ सूचनाहरुको जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।
धेरै पैसा कमाउने सपना साँचेर बिदेश जानेहरुको बास्तविक पीडा र भोगाईका बारेमा समेत अन्तरक्रिया कार्यक्रममा छलफल गरिएको थियो । अन्तरक्रियामा सहभागि शिक्षकले आफ्ना अभिभावक बैदेशिक रोजगारीमा जाँदा द्यिद्यालय उमेर समुहका बालबालिकामा उत्पन्न हुने समस्या र अभिभावकको अनुपस्थितिमा शिक्षण सिकाईमा पर्न सक्ने असरका बारेमा धारणा थिए ।
कार्यक्रममा सहभागि शिक्षकले छोराछोरी अभिभावकबिहीन हुँदा विद्यालयमा हाजिर मात्र हुने परिपाटि रहेकोले यसको सुधारका लागि पनि व्यवसायिक शिक्षाको खाँचो रहेको औंल्याएका छन् ।
शिक्षकहरुले बिद्यार्थीहरुलाई स्थानीय स्तरमा रोजगारीका विकल्पहरुको पर्याप्त जानकारी गराउन सके नयाँ पुस्ताहरु वैदेशिक रोजगारीका लागि नहौसिने समेत उनीहरुको भनाई छ ।
जिल्लामा संञ्चालित सुरक्षित आप्रवासन परियोजना(सामी) अन्र्तगत सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारले संचालन गरेको विद्यालय तथा आमसञ्चार कार्यक्रमले जिल्लाका माध्यमिक विद्यालयका सामाजिक विषय शिक्षकको सहभागितामा पटक–पटक अन्र्तक्रिया कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
सोही कार्यक्रमको निरन्तरताका रुपमा शहीद स्मृति माध्यमिक विद्यालयको हलमा आयोजित कार्यक्रममा मन्थली नगरपालिका अन्र्तगत १४ वटा सामुदायिक विद्यालयको शिक्षकहरुको सहभागि रहेको थियो ।

प्रतिकृया

Add