टिफरको ठक्करबाट वडा अध्यक्ष घाइते

 शुक्रबार, जेष्ठ १८, २०७५ | onlinenews

रामेछाप- मन्थली नगरपालिका ६ मसानटारमा टिफरले ठक्कर दिँदा रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका १ का वडा अध्यक्ष मिङमार तामाङ घाइते भएका छन् ।
तामाङलाई शुक्रबार काठमाडौँबाट रामेछापका सदरमुकाम मन्थलीतर्फ आउँदै गर्दा खुर्काेटतर्फ जाँदै गरेको टिफरले ठक्कर दिएको हो ।
ठक्करबाट तामाङको देब्रे गोडामा गम्भीर चोट लागेको छ । मोटरसाइकलमा पछाडि बसेका प्रदिप तामाङ सामान्य घाइते भएका छन् ।
घाइतेहरुको मन्थलीस्थित तामाकोसी सहकारी अस्पतालमा सामान्य उपचार गरी थप उपचारको लागि काठमाडांै लगिएको छ । ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरीले कार्यालय रामेछापले जनाएको छ ।

प्रतिकृया

Add