बन उपभोक्ता महासंघले ग¥यो श्रद्धाञ्जली सभा

 आइतवार, जेष्ठ २०, २०७५ | onlinenews

रामेछाप- स्वर्गीय भरतप्रसाद भण्डारीको सम्झनामा सामुदायिक बन उपभोक्ता महासंघ नेपाल रामेछापले मन्थलीमा श्रद्धाञ्जी सभा कार्यक्रम गरेको छ ।
सामुदायिक बन उपभोक्ता महासंघ नेपाल रामेछापको संस्थापक अध्यक्ष समेत रहेका भण्डारीको सम्झनामा श्रञ्द्धाञ्जली कार्यक्रम आयोजना गरिएको सामुदायिक बन उपभोक्ता महासंघ नेपाल रामेछापका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले जानकारी दिए ।
श्रद्धाञ्जली सभा कार्यक्रमलाई संवोधन गर्दै मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले राजनीतिक साथै सामाजिक छवि समेत राम्रो बनाएका भण्डरीको ब्यवहार र स्वभावबाट राजीतिककर्मी साथै सामाजिक अभियन्ताहरुले पनि सिक्नुपर्ने बताए ।
भण्डारी आदर्श र निष्ठावान ब्यक्ति भएको भन्दै उहाँको आर्दश र निष्ठालाई आत्मसात गर्न सकेमात्र साचो आर्थमा स्वर्गीय भण्डारी प्रतिको सम्मान हुने नगरप्रमुख बस्नेतले बताए ।
त्यसैगरी नेपाली काँग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले स्वर्गीय भण्डारी सबै पक्षसँग मिल्न र मिलाएर अगाडि बढ्न सक्ने क्षमता सहितको ब्यक्ति भएको बताए ।

प्रतिकृया

Add