शिक्षक महासंघद्धारा सरकारको ध्यानाकर्षण

 सोमवार, जेष्ठ २१, २०७५ | onlinenews

नेपाल शिक्षक महासंघ रामेछापले २७ बुँदे राष्ट्रिय र तीन बुँदे स्थानीय तहका आफ्ना मागहरु पेश गर्दै स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ ।
शिक्षक महासंघ रामेछापको मन्थली नगर समितिको आयोजनामा महासंघका जिल्ला सहअध्यक्ष कृष्णकुमार तामाङ नेतृत्वको टोलीले मन्थली नगरपालिकाको उपप्रमुख मायाकुमारी कार्कीलाई आफ्ना मागहरुको बारेमा ध्यानाकर्षण गराएको हो ।
मागपत्रमा अस्थायी शिक्षकहरुको माग सम्वोधन नभएको र स्थानीय तहले आफुखुशी कार्यविधि, नियमावली तथा ऐन बनाएर कार्यान्वयन गर्न थालेको भन्दै आपत्ति जनाइएको छ ।
स्थानीय तहको सरकारको विद्यालय र शिक्षकमैत्री व्यवहार नभएको मागपत्रमा आरोप लगाइएको छ । शिक्षकको तलब भत्ता र वृद्धिविकास संघीय सरकारले गर्नुपर्ने शिक्षकहरुको माग छ ।
शिक्षक काउन्सीलको व्यवस्था हुनपर्ने, विगतमा शिक्षक र सरकारबीच भएको सहमति कार्यान्वयन हुनुपर्ने पनि मागपत्रमा उल्लेख गरिएको छ ।
महासंघले पेश गरेको मागपत्रमा स्थानीय स्तरमा काम गर्ने शिक्षकको पेशाको सुरक्षा हुनुपर्ने, स्थानीय तहले शिक्षकको सरुवा तथा करार शिक्षक नियुक्ति बन्द गर्नुपर्ने रहेको छ ।

प्रतिकृया

Add