दुई तिहाइको दम्भ देखाए सरकार समाप्त हुन्छः सिटौला

 सोमवार, जेष्ठ २१, २०७५ | onlinenews

सन्तोष ढुङ्गेल


काठमाडौं- नेपाली काँग्रेसका नेता पूर्ब महामन्त्री कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारले दुई दिहाइको दम्भ देखाएर अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका छन् ।
सरकारले दुईतिहाइको दम्ब देखाए आफै पतन हुने निश्चित रहेको उनले बताए । चुनाव प्रचारप्रसारको क्रममा बम बिस्पोटमा परि एउटा गोडा गुमाएकी नेबिसंघ नेत्री मिरा कटुवालाई सम्मान तथा सहयोग हस्तान्तरण र वर्तमान अवस्थामा नेबिसंघको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सिटौलाले यस्तो चेतावनी दिएका हुन ।
प्रादेशक तथा संघीय निर्वाचनको प्रचारप्रसारमा क्रममा बम विस्फोटमा परि कटुवालले एउटा गोडा गुमाएकी थिइन ।
जहानीया राणा र राजाले अधिनायकवादी शैलीले शासन गर्न खोजेकै कारण पतन भएको भन्दै वर्तमान सरकारले नि त्यही बाटो रोजे राजा र राणाकै हालत हुने सिटौलाले बताए ।
काँग्रेस प्रतिपक्षमा बसे पनि प्रभावकारी भूमिका खेल्न नसकेको बताए । सरकारले गरेको गलत कुरालाइ पनि कुनै किसिमको बिरोध गर्न नसकेकाले सरकारलाई प्रतिपक्षी नै नभएको अनुभुती भएर मनलाग्दि गरेको सिटौलाको भनाई छ ।
यस्तै सिटौलाले बम बिस्पोटमा परि गोडा गामाएकी मीरा कटुवाललाई सहयोग गरेकोमा नेपाल विद्यार्थी संघ अमेरिका शाखा र अध्यक्ष प्रभात सापकोटालाई धन्यवाद ब्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेबिसंघका पुर्व अध्यक्ष नेपाली काँग्रेसका केन्द्रिय सदस्य युवा नेता प्रदिप पौडेलले संघीय संसदमा काँग्रेसको भूमिका हेर्दा नेताहरूलाई अहिलेसम्म पनि सरकारमै भएको अनुभूती भइरहेको र सरकारको गलत निर्णयको बिरोध गर्न समेत बिर्सेको बताए ।
लामो समयसम्म सरकारको नेतृत्व गरेकोको काँग्रेसले सदनमा ताली मात्र पड्काउने काम गरेको बताए ।
नेबिसंघका केन्द्रिय उपाध्यक्ष एवं प्रदेश नं ३ का संयोजक रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेबिसंघका केन्दिय सदय डिल्लीराम सुवेदी, महामन्त्री कुन्दनराज काफ्लेलागयले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा बोल्ने अधिकांश बक्ताले मातृ पार्टी नेपाली काँग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका खेल्नु पर्ने सुझाव दिएका थिए ।
नेपाल विद्यार्थी संघ अमेरिका शाखाले बत्तिसपुतली अनुपम पाटी प्यालेस काठमाडौंमा आयोजना गरेको ‘हामी सँगसंगै मीरा कटुवाल सहयोग अभियान’ अन्तरगत संकलीत ३ लाख रुपैयाँ घाइते कटुवाललाई हस्तान्तरण गरेको छ ।

प्रतिकृया

Add