बालबालिकालाई आधाभूत अधिकार सम्बन्धी तालिम

 बुधबार, जेष्ठ २३, २०७५ | onlinenews

रामेछाप– रामेछाप जिल्लाको उत्तरी भेग गोकुलगंगा गाउँपालिकाका बाल क्लवका पदाधिकारीलाई दुई दिने तालिम सुरु भएको छ ।
बाल अधिकार सम्बन्धी दुई दिने आधारभूत तालिम सञ्चालन गरिएको हो ।
इस्लामिक रिलिफ नेपालको आर्थिक सहयोगमा सामुदायिक विकास समाजद्धारा संचालीत समुदाय र विद्यालयमा आधारित विपद् उत्थानशिलता अभिवृद्धि परियोजनाले तालिमको आयोजना गरेको छ ।
तालिमको उद्घाटन सत्रमा बोल्दै गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले आजका बालबालिका भविष्यका कर्णधार भएको भन्दै तालिमले उनीहरुको क्षमता विकासमा सहयोग पु¥याउने वताए ।
उनले वाल क्लव सकृय हुँदा विद्यालय भर्ना अभियानलाई सहयोग मिल्ने भन्दै विद्यालय जानबाट बञ्चित बालबालिकालाई विद्यालय पठाउन बाल क्लवको महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमको सहजीकरण बाल अधिकारकर्मी पवन शर्माले गरिरहेका छन् । तालिममा गाउँपालिकाका ६ वटै वडामा गठित बाल क्लवका २८ जना पदाधिकारीको सहभागिता रहेको छ ।
बाल अधिकार र संरक्षणको क्षेत्रमा बाल क्लवको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले संचालन गरिएको उक्त तालिमको अन्तिम दिन गाउँपालिका स्तरीय बाल क्लव सञ्जाल समेत गठन हुने परियोजनाका क्षेत्रगत संयोजक जानकी श्रेष्ठले जानकारी दिइन ।
परियोजनाले गाउँपालिकाको २२ वटा विद्यालयको संकटासन्नता र क्षमता लेखाजोखा गरिसकेको छ भने विद्यालयहरुमा सुरक्षा योजना बनाउने तयारी गरिहेको छ ।

प्रतिकृया

Add