रामेछापको मन्थली बजार अनुगमन, इजाजत नलिई बिक्रीमा राखिएको बस्तु बरामत

 आइतवार, जेष्ठ २७, २०७५ | onlinenews

प्रतिभा बोहरा


मन्थली/ रामेछापको सदरमुकाम मन्थलीमा किराना तथा होटलहरुमा अबैद्ध रुपमा विक्री गर्न राखिएको पेट्रोल तथा सुर्तीजन्य बस्तु बरामद गरिएको छ ।
जिल्ला प्रशास कार्यालय रामेछापले बजार अनुगमन गर्ने क्रममा उक्त बस्तु बरामद गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं बजार अनुगमन समितिका संयोजक जगदिश मिश्रले जानकारी दिए ।
सप्रजिअ मिश्रका अनुसार ३० लिटर पेट्रोल, १ सय ६२ प्याकेट सुर्ती जन्य बस्तु, ४४ बोतल स्याउको रक्सी र २० लिटर घरेलु रक्सीबरामद गरिएको छ ।
किराना पसल तथा होटलहरुले इजाजत नलिइकन विक्री वितरण गरेकाले बरामद गरिएको सहायक मिश्रले बताए ।
त्यस्तै अनुगमन समितिले नापतौल प्रमाण पत्र नलिई प्रयोग गरिरहेको एक थान तराजु पनि बरामद गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग समिति, मन्थली नगरपालिका, उद्योग बाणिज्य संघ र उपभोक्त मञ्च नेपाल रामेछापकोे संयुक्त बजार अनुगम समितिले बजार अनुगमन गरेको हो ।

प्रतिकृया

Add