नेविसंघको मसाल जुलुसमा प्रहरी हस्तक्षेप

 शुक्रबार, असार १, २०७५ | onlinenews

रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा प्रहरी र नेपाल विद्यार्थी संघको कार्यकर्ताबीच झडप भएको छ ।
बिहीबार साँझन नेपाल विद्यार्थीसंघले निकालेको मसाल जुलुशमा निकाल्ने क्रममा भएको झडमा नेपाली काँग्रेस रामेछापका सचिव लेखबहादुर कार्की, रामेछाप क्षेत्र नं. २ का सभापति विनोद कार्की लगायत ६ जना काँग्रेस कार्यकर्ता घाइते भएका छन् ।
झडपमा कांग्रेस रामेछापका सचिव लेखबहादुर झडपमा, मन्थली नगरपालिका ३ का वडाअध्यक्ष केशव रोक्का, नेविसंघका १ नं क्षेत्रका क्षेत्रीय अध्यक्ष धिरज खत्री, विनोद घिमिरे लगायतका नेता कार्यकर्ता घाइते भएका हुन् ।
नेवि संघले निकालेको मशाल जुलुको आगोले प्रहरीलाई प्रहार गरेपछि जुलुस नियन्त्रण गर्ने क्रममा लाठीचार्ज गर्नु परेको प्रहरीले बताएको छ ।
नेविसंघले मूल्यवृद्धि तथा सिन्धुली प्रशासनले सिन्धुलीबाट रामेछाप आउने यातायात साधन सञ्चालनमा रोक लगाएको विरोधमा मन्थलीमा मशाल जुलुश निकालेको थियो ।

प्रतिकृया

Add