खाद्यन्नको माग गर्दै थाल जुलुस निकाले रामेछापका ब्यवसायिले

 आइतवार, असार ३, २०७५ | onlinenews

 रामेछाप- विपी राजमार्ग हुँदै रामेछाप प्रवेश गर्ने ढुवानीका साधनलाई प्रतिबन्द लगाइएपछि आन्दोलीत बनेका रामेछापका उद्योगी, ब्यवसायि र उपभोक्ताले आइतबार संयुक्त रुपमा थाल ठट्टाउने जुलुस निकालेका छन् ।
आपूर्ति बन्द हुँदा बजारमा खाद्य बस्तुको अभाव भएपछि घरमा पकाउने सामल सकिएर भोकै बस्नु पर्ने अवस्था आएकाले आपूmहरु भोकै भएको सरकारलाई सुनाउन रित्तो थाल र चम्चा ठट्टाउँदै जुलुस निकालिएको स्थानीय उपभोक्ताको भनाई छ ।
ठूला ढुवानीका साधन सञ्चालन गर्ने निर्णय रोक्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश फिर्ता नलिए आन्दोलनलाई अझ सशक्त बनाएर आगाडि बढ्ने रामेछाप नगर उद्योग बाणिज्य संघका महासचिव शिशिर खड्गीले बताए ।
अहिले रामेछाप जिल्लामा काँकडभिट्टाबाट आउँने रात्रीकालीन गाडीका साथै अध्ययन भ्रमणमा आउँने गाडीहरु समेत बन्द भएका छन् ।
ढुवानी तथा सवारीका सबै खालका साधनहरुलाई प्रतिबन्द लगाएर राज्यले रामेछाप जिल्लामा नाकाबन्दी लगाएको उद्योग बाणिज्य संघ रामेछापका महासचिव जेएन दाहालले आरोप लगाए ।
रामेछाप जिल्लामा सबै खालका बस्तुको ढुवानी ठप्प भएपछि जिल्लाका मुख्य बजारहरु बन्द हुन थालेका छन् । जिल्लाको सदरमुकाम मन्थली सहित रामेछाप, साँघुटार धोबी, सिरिसे लगायतका मुख्य बजारहरु समेत बन्द भएको स्थानीयले जानकारी दिएका छन् ।

प्रतिकृया

Add