रामेछापका ब्यवसायिले निकाले अर्धनग्न जुलुस

 सोमवार, असार ४, २०७५ | onlinenews

रामेछाप- सर्वोच्च अदातलले विपी राजमार्ग हुँदै रामेछाप प्रवेश गर्ने ढुवानीको साधन सञ्चालनमा अन्तरिम आदेश मार्फत रोक लगाएपछि त्यसको विरुद्ध आन्दोलीत रामेछापका ब्यवसायिले अर्धनग्न जुलुस प्रदर्शन गरेका छन् ।
रामेछापमा ठूला ढुवानी तथा सवारीका साधन सञ्चालन गर्न पाउँनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका रामेछापका ब्यवसायि तथा स्थानीय उपभोक्ताले आन्दोलनको पूर्व निर्धारित कार्यक्रम अनुसार सोमबार अर्धनग्न जुलुस निकालेका हुन् ।
अर्धनग्न भएर जुलुसमा निस्किएका ब्यवसायिहरुले नाङ्गो शरीरमा, सर्वोच्चको अन्तरिम आदेश खारेज गर, भोक लाग्यो सरकार खान दे, जनतालाई गरिखान दे, जस्ता नारा लेखेका थिए ।
मन्थली बजारस्थित मदनभण्डारी चोकबाट निस्किएको जुलुस, विपीचोक, देवकोटाचोक, बसपार्क, आकाशे हुँदै बजार परिक्रमा गरेर पुनः देवकोटाचोकमा आएर टुङ्गिएको थियो ।
एक महिनादेखि ढुवानी ठप्प हुँदा रामेछापमा खाद्यन्न तथा निर्माण सामाग्रीको हाहाकार भएको छ । जसको कारण पुनः निर्माणको काम समेत पूर्ण रुपमा प्रभावित भएको छ ।

प्रतिकृया

Add