सामीको जिल्ला स्तरीय अनुगमनमा जे देखियो र सुनियो…

 बिहिबार, असार ७, २०७५ | onlinenews

रामेछापः सुरक्षित अप्रवासन परियोजना सामी रामेछापले जिल्ला परियोजना समन्वय समितिबाट कार्यक्रमको अनुगमन सम्पन्न गरेको छ । सुरक्षित बैदेशिक रोजगार सम्बन्धि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको यस परियोजना अन्तर्गत रामेछाप नगरपालिकाको वडा नं ८ र ६ मा सञ्चालीत कार्यक्रमहरुको अनुगमन गरिएको हो ।
ंअनुगमनका क्रममा रामेछाप नगरपालिका वडा नं ८ लामाटोलमा वैदेशिक रोजगारीमा गएका परिवारको सहभागितामा मनोपरामर्स समुह गठन भएको र उक्त समुहमा सात महिनामा सात पटक बैदेशिक रोजगारीमा गएका व्यक्तिहरुको रोजगारीको यात्रालाई सुरक्षित बनाउन परिवारको कस्तो भूमिका रहन्छ ? भनि छलफल र समीक्षा भएको समूहकी सदस्य सुनमाया तमाङले बताइन ।
“सामी परियोजनाले गाउँमा आएर धेरै कुरा सिकाएपछि बिदेशमा गएका आफन्तलाई राम्रो बोलिबचन गर्नु पर्ने , बुहारीलाई राम्रो ब्यवहार गर्नुपर्ने, विदेशबाट कमाएर पठाएको पैसा घर सल्लाह गरेर मात्र खर्च गर्नुपर्ने कुराहरुको बारेमा जानकारी पाएको तामाङले बताइन ।”
समूहमा भेला भई छलफलमा जुट्ने गरेका महिलाहरुले बिदेशको कमाइलाई दुःखको कमाई भएकोले खर्च गर्ने कुरामा मितव्ययी बन्नु पर्ने सल्लाह गाउँलेहरुलाई दिन सक्ने भएको बताएका थिए ।
“बिदेशमा बसेर काम गर्ने परिवारको सदस्यलाई पैसाको कुरा मात्र गर्नुभन्दा पहिला घर व्यवहार, सन्चो बिसन्चोको वारेमा कुरा गर्नुपर्ने रहेछ” सिकेका कुरा सम्झदै सुनमाया तामाङले थपिन ।
त्यसैगरी सुरक्षित बैदेशिक रोजगारीका लागि सामाजिक शिक्षकको भूमिका बिषयक अन्र्तक्रिया कार्यक्रममा सहभागि भएका शिक्षकले बैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सामाजिक बिषय शिक्षकको ठूलो भूमिका रहने बताएका छन् ।
शिक्षकसँगको छलफलमा गौरीशंकर माविका शिक्षक श्याम कार्की, मावि भँगेरीका शिक्षक पुष्करसिंह धामी, गंगालाल एकेडेमीका प्रधानाध्यापक राज खड्का र शारदा संकृत माविका सामाजिक बिषय शिक्षक सहदेव केसी सहभागि थिए ।
“पहिले बैदेशिक रोजगारीको बिषयलाई पढाउने गरेको अहिले सुरक्षित बैदेशिक रोजगारीको बिषयलाई सिकाउन सक्ने भएको” गंगालाल एकेडेमी रामेछापका प्र.अ राज खड्काले बताए । आपूmहरुले अभिमुखिकरण पूर्व बैदेशिक रोजगारीको बिषयलाई सतही रुपमा बुझेको र आफूले बुझेको बिषयलाई बिद्यार्थी माझ हल्का रुपमा प्रस्तुत गर्ने गरेमा अहिले यो बिषयमा गहन रुपमा छलफल गर्ने गरेको अनुभव गौरीशंकर माविका शिक्षक श्याम कार्कीले सुनाए ।
शिक्षकहरुले छलफलको क्रममा यो विषयलाई अवको स्थानीय सरकारले प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन नगर्ने हो भने बैदेशिक रोजगारीको मुद्दा झन् जटिल बन्ने तर्क समेत राखे ।
“सुरक्षित बैदेशिक रोजगारी मात्र भनिरँहदा जनताको चेतनाको स्तर कस्तो छ ? सोही अनुसारका कार्यक्रम सञ्चालन गरियो या गरिएन त्यतातिर सोच्नु जरुरी छ” एकेडेमीका प्र.अ खड््काले स्थानीय सरकारलाई लक्षित गर्दै भने ।
वडा नं. ८ कै लामा गाउँमा सामुदायिक अभिमुखिकरणको समूह गठन गरि सञ्चालन गरिएको कार्यक्रमको पनि अनुगमन गरिएको छ ।
समूहमा बसेर बैदेशिक रोजगारीमा जानुपूर्व किन सिप सिक्ने ? बिदेश जाँदा पुरा गर्नुपर्ने कानुनी प्रकृया के हुन् ? बिदेशमा जाँदा, बिदेशमा रँहदा र फर्केपछि ध्यान दिनुपर्ने कुरा के हुन् ? भन्ने बारेमा छलफल गरिएको चारघरे सेवा समितिकी सामाजिक परिचालक संगिता तामाङले बताइन ।
सामी परियोजनाका केहि कुराहरु सिकेपछि बैदेशिक रोजगारीमा जाँदा आफ्ना श्रीमान् गुमाएकी गायत्री साहीले मृत्यु पश्चात् पाउनुपर्ने बिमा बापतको रकम सुचना केन्द्रको पहलमा पाएकोे बताइन ।
“सुरुमा हामिलाई केहि थाहा थिएन तर अहिले बैदेशिक रोजगारीमा जाँदा र बिदेसमा रहदा अपनाउनु पर्ने सबै कुराहरुको बारेमा जानकारी पाएका छौं”साहीले भनिन् ।
त्यस्तै वडा नं ६ को धामी टोलमा सञ्चालित बित्तिय साक्षरता कार्यक्रमको पनि अनुगमन गरिएको छ । कार्यक्रममा आफ्नै थोरै पैसाबाट कपडा पसल चलाउँदै आएकी कक्षाकी सहभागि शर्मिला घिसिङले भनिन “सुरु सुरुमा हाम्रो गाउँमा कस्ले राम्रा लत्ता कपडा किन्ने, कस्ले आधुनिक गरगहना लगाउँने ? भनि प्रतिस्पर्धा हुन्थ्यो, वित्तिय साक्षरताको तालिम पाएपछि अहिले कस्ले बढि बचत गर्ने भन्नेमा प्रतिस्पर्धा हुन थालेको छ ।
“पहिले काठमाण्डौंको होलसेलमा कपडा किन्न जाँदा पनि पहिले आफ्नो लागि सुहाउने कपडा र चप्पल रोज्थे, अहिले दुई पटक सामान लिन जाँदा आफ्ना लागि केहि किनेको छैन” ठट्यौली पारामा उनले अनुभव सुनाइन ।
गाउँ समाजको देखासेखी गर्ने फजुल खर्च गर्ने प्रतिस्पर्धा नै हुन्थ्यो तर अहिले गाउँमा यो अवस्था सुध्रिएको छ तामाङले भनिन् ।
त्यस्तै अन्य सहभागिहरुले व्यवसायिक योजना बनाएर व्यवसाय गर्ने, दैनिक आम्दानी र खर्चको हिसावकिताव राख्ने, परिवारका सबै सदस्यको बचत र बिमा समेत गरेको उनले बताइन ।
मंगलबार सुरक्षित आप्रवासन परियोजना सामी, जिल्लाका दुई गैह्रसरकारी संस्था चारघरे सेवा समिति र सामुदायिक जनशक्ति विकास कार्यक्रमले ४ बर्षदेखि सञ्चालन गरेको सामी परियोजनाको सबैखाले कार्यक्रमको अनुगमन गरिएको थियो ।
अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्का , मन्थली नगर प्रमुख रमेश बस्नेत, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, जिल्ला समन्वय अधिकारी राजेन्द्र केशी, महिला तथा वालवालिका कार्यालयकी महिला बिकास अधिकृत सत्यदेवी अधिकारी, गैसस महासंघ रामेछापका अध्यक्ष मिलन घिसिङ, पत्रकार महासंघका अध्यक्ष रमेश ढुङ्गेल, शिक्षा विकास तथा समन्वय ईकाईका ना.सु. दिपक पन्थी, सामी परियोजनाका जिल्ला परियोजना संयोजक भोजराज सुनुवार, वडा अध्यक्ष धन बहादुर खड्का र केदार कार्की त्यसैगरी परियोजनाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया

Add