जिल्ला युवा समितिद्धारा युवा उद्यमीलाई सम्मान

 आइतवार, असार २४, २०७५ | onlinenews

रामेछाप- जिल्ला युवा समिति रामेछापले जिल्लाका ३ जना युवा उद्यमीहरुलाई सम्मान गरेको छ ।
‘जिल्ला उद्यमी खोजी तथा प्रोत्साहक कार्यक्रम २०७५’ अन्तर्गत युवा समितिले ह्याचरी सञ्चालन गरेर अण्डा, चल्ला र दाना उत्पादनको क्षेत्रमा उत्कृष्ठता हासिल गरेको भन्दै नेशनल फर्म मन्थलीलाई सम्मान गरेको छ ।
त्यसैगरी दुग्ध संकलन, बिक्री तथा चिस्यान केन्द्र सञ्चालन गरि दूग्धजन्य बस्तुमा जिल्लालाई योगदान पु¥याएको भन्दै रामेछाप दूग्ध संकलन बिक्री तथा चिस्यान केन्द्र मन्थलीका सञ्चालक किशोर पौडेल र सगरमाथा ओरोहण गरि पर्यटन प्रवद्र्धन तथा राष्ट्रिय अन्तराष्ट्रिय रुपमा रामेछापलाई चिनाएको भन्दै सगरमाथा ओरोही लिखु तामाकोसी गाउँपालिका–७ का प्रकाशराज पाण्डलेलाई सम्मान गरेको हो ।
युवा उद्यमीहरुलाई सम्मान पत्र र ७ हजार रुपैयाँ नगद प्रदान गरि सम्मान गरिएको हो । युवा उद्यमी सम्मान कार्यक्रमलाई संवोधन गर्दै प्रेदश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले हिम्मतका साथ आगाडि बढे सफलता हात पर्ने बताए ।
लिखु तामाकोसी गाउँपालिका–७ का २७ वर्षिय युवा प्रकाशराज पाण्डेले सगरमाथा आरोहण गरेर हिम्मत भए जस्तोसुकै कठिन काम पनि गर्न सकिन्छ भन्ने प्रमाणित गरेको बताए ।
अहिले आपूmहरुसँग युवाशक्ति, सरकार र सत्ता रहेको भन्दै आपूmहरुको उजाडिएको जीवनमा हरियाली छाएको बताए ।
ढुङ्गेलल भने “हाम्रो जिन्दगी, ठूला सिमलको रुख ढलेर माडेको मकैबारी जस्तो थियो । राम्रो लुगा लगाउँदा पनि देख्ने मान्छेहरुले यस्लाई कस्ले दिएछ भन्थे अहिले हामीसँग केपी ओलीको नेतृत्व छ, सरकार छ, युवा शक्ति हाम्रो साथमा छ । त्यसकारण हामीसँग नभएको कुरा केही छैन ।”
उनले थपे–हामीसँग उद्योगी छ ब्यवसायि छ, योजना छ बजेट छ र बजेट बाड्ने ठाउँमा छौं । हाम्रो जीवनमा परिवर्तन आएको छ ढुङ्गेलले भने ।

प्रतिकृया

Add