यसपाल यस्तो छ मिना ढकालको तीजको तयारी

 आइतवार, असार २४, २०७५ | onlinenews

सन्तोष ढुङ्गेल/ काठमाडौं


https://youtu.be/KDXO570smXI

गायिका मिना ढकालले यसपालिको जीत भब्य रुपमा मनाउने तयारी गरेकी छन् । यसपालिको तीजमा छमछमी नाच्ने गाउँने र रमाउने योजना छ गायिका ढकालको ।
यसपाल गायिका ढकाल आफैमात्र नाच्ने छैनन, सारा नेपाली दिदीबहीहरुलाई नचाएर रमाउने छिन् ।
त्यसैभएर ढकालले “यो तीजै रमाइलो” तीज गीत बजारमा ल्याएकी छन् । गायिका ढकालको पहिलो तिज गित युट्युब मार्फत सार्वजनिक भएको हो ।
हरितालिका तिज नजिकिदै गर्दा “यो तीजै रमाइलो” बोलको तिज गित सार्वजनिक गरेकी हुन् ।
“यो तीजै रमाइलो” मा स्वर, तथा शब्द गायिका ढकालको आफ्नै रहेको छ । साथै म्यूजिक भिडियोमा समेत मुख्य अभिनय गायिका ढकालले नै गरेकी छन् ।
ढकालले बजारमा ल्याएकी तिज गीत जुनसुकै उमेर समूहका नारीका लागि सान्दर्भिक भएकाले यो गीतको लोकप्रियता बढ्ने अनुमान गरिएको छ ।
“यो तीजै रमाइलो” तिज गीतलाई म्यूजिक नेपालले बजारमा ल्याएको हो ।

प्रतिकृया

Add