आफ्नो अभिब्यक्तिले छात्रालाई चोट परेको मन्दै मन्त्रीले मागे माफी

 आइतवार, साउन ६, २०७५ | onlinenews

काठमाडौं : कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आफूले बोलेको विषय सञ्चार माध्यममा सम्प्रेषण भएकोमा ध्यान आकर्षण भएको बताएका छन् ।
मन्त्री तामाङले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै क्षमा याचना समेत गरेका छन् । काठमाडौंको एउटा विद्यालयले आयोजना गरेको कार्यक्रममा मन्त्री तामाङले नेपालबाट बंगलादेश एमबीबीएस पढ्न जाने नेपाली छात्राहरूले सर्टिफिकेटका लागि शरीरसँग सम्झौता गर्नु परेको अभिब्यक्ति दिएका थिए ।
उनको अभिव्यक्ति विवादित बनेपछि मन्त्री तामाङ नेपालमै एमबीबीएस पढ्न पाउने व्यवस्था भए छोरीहरूलाई सजिलो हुन्छ भन्ने आशयले आफूले सो कुरा बोलेको स्पष्टिकरण दिएका छन् ।
मन्त्री तामाङले आफ्नो भनाईले बंगलादेशमा अध्ययनरत छात्राहरू र अध्ययन गरेर फर्किएका छात्राहरूमा पर्न गएको चोट प्रति क्षमा याचना समेत गरेका छन् ।
साथै उनले महिलाहरुको आत्मसम्मान, हिंसामुक्त समाज र नारी अस्मिताको रक्षामा सदैव प्रतिवद्ध रहने विज्ञाप्तिमा उल्लेख गरेका छन् ।
अहिले पनि २००० भन्दा बढी छात्राहरूले बंगलादेशमा पढिरहेको र उनीहरूले कुनै न कुनै समस्या भोग्नु परेको तामाङको दाबी छ । हिंसाजन्य केही घटनाहरू उजुरीका रुपमा समेत रहेको उनले बताएका छन् ।

 

प्रतिकृया

Add