रामेछापको फर्पुमा पहिरोले घर भत्किदा तीन जनाको मृत्यु, जिल्ला विपद व्यवस्थापन समितिद्धारा पीडित परिवारलाई २ लाख ५० हजार राहत प्रदान
शुक्रबार, साउन ११, २०८१
चैत १
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता सम्हालेको ८ महिनापछि आएर चैतमा उत्तरी छिमेकी चीनको भ्रमणमा जाने भएका छन् । आजको कान्तिपुरमा खबर छ ।
नै बर्षअघि पहिलोपटक प्रधानमन्त्री हुँदा चीनबाट आफ्नो विदेश भ्रमण थालेका दाहाल यसपटक भने चौथो विदेश भ्रमणको रुपमा चीन जान लागेका हुन् ।
यो पल्ट प्रधानमन्त्री भएपछि उनी दुई पटक भारत र एकपल्ट दुबाई (यूएई) गएका छन् ।
तर उनको यो चीन भ्रमण दुईपक्षिय वा औपचारिक भने होइन । एक गैरसरकारी संस्थाले गर्ने कार्यक्रममा सहभागी हुन उनी चीन जान लागेका हुन् ।
चैत १० देखि १३ गतेसम्म हाइनान प्रान्तमा हुने बोआओ फोरम फर एसिया सम्मेलनमा सहभागी हुन उनी त्यता जान लागेका हुन् ।