पुष्पलालको शालिकमा माल्यार्पण

 मङ्लबार, साउन ८, २०७५ | onlinenews

राजिव कार्की


रामेछाप– नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औँ स्मृति दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी रामेछापले उहाँको शालिकमा माल्यार्पण गरेको छ । पुष्पलाल स्मिृति प्रतिष्ठान रामेछापको आयोजनामा कम्युनिष्ट पार्टी एवं भ्रातृ संगठनहरुले सदरमुकाम मन्थलीमा रहेकोे पुष्पलालको शालिकमा माल्यार्पण गर्दै श्रद्धासुमन व्यक्त गरेका हुन् ।
सो अवसरमा कम्युनिष्ट पार्टीका नेताहरुले पुष्पलालको योगदानको चर्चा गरेका थिए । पुष्पलालले नेपालको परिवर्तनका लागि प्रस्ताव गरेको कृषिक्रन्तिको आवश्यकता अझै पनि उत्तिकै सान्दर्भिक रहेको दावी गर्दै रामेछापका कम्युष्टि नेताहरुले “कम्युनिष्ट पार्टीमा नेता हैन,निति प्रधान हुन्छ” भन्ने जस्ता पुष्पलाललका विचार र सिद्धान्त समयसान्दर्भिक र जिवन्त रहेको धारण राखेका थिए ।
वि.स.१९८१ असार १५ गते पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठको कोखबाट रामेछापमा जन्मिएका पुष्पलालको निधन २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा भएको थियो । पुष्पलालको जन्मथलो रामेछापको भंगेरीमा पनी स्मृति दिवशको अवसरमा कार्यक्रम गरिएको छ ।

प्रतिकृया

Add