रामेछापमा झण्डै एक अर्ब बजेट फ्रिज

 मङ्लबार, साउन ८, २०७५ | onlinenews

राजिव कार्की


रामेछाप– रामेछापमा आर्थिक वर्ष २०७४÷०७५ मा झण्डै एक अर्ब बजेट फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय रामेछापका अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा विभिन्न कार्यालयहरुले खर्च नै गर्न नसकेपछि झण्डै एक अर्व रकम फ्रिज भएको हो । कार्यालयका अनुसार जिल्लाको चालु तथा पुँजीगत दुबै तर्फको गरी ९९ करोड ३१ लाख ४ हजार ८ सय ४७ रुपैया ५६ पैसा बजेट फ्रिज भएको हो ।
जिल्लामा आ.व. २०७४÷०७५ को कुल बजेटको ९२.६८ प्रतिशत बजेट खर्च भएको छ । पुँजिगततर्फ विनियोजित २ अर्ब १५ करोड ८८ लाख ३१ हजार मध्ये १ अर्ब ६८ करोड ९८ लाख २० हजार ७ सय ५२ रुपैयाँ १९ पैसा मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक नानीबाबु सिपखानले बताउनुभयो ।
सिपखानका अनुसार चालुतर्फ ११ अर्ब ४१ करोड ९२ लाख ६४ हजार ५ सय ७६ रुपैयाँ ७० पैसा विनियोजन भएको थियो जसमा १० अर्ब ८९ करोड ५१ लाख ६९ हजार ९ सय ७६ रुपैयाँ ९५ पैसा मात्रै खर्च भएको छ ।

प्रतिकृया

Add