ओली सरकार बाँड्यो पाँच महिनामा सात करोड

 बुधबार, साउन ९, २०७५ | onlinenews

काठमाडौं : सरकारले औषधि उपचार तथा आर्थिक सहायताका नाममा दलका पहुँचवाल नेता, कार्यकर्ता तथा संस्थालाई करोडौं रुपैयाँ वितरण गरेको छ।

प्रतिपक्षामा हुँदा सत्ता पक्षले औषधि उपचार तथा आर्थिक सहायताका नाममा जथाभावी रकम वितरण गरेको भन्दै सरकारको आलोचना गरेका केपी शर्मा ओलीले आफू दोस्रो पटक प्रधानमन्त्री भएपछिको पाँच महिनामा सात करोड रुपैयाँ सोही शीर्षकमा वितरण गरेका छन्।

अर्थ मन्त्रालयको तथ्यांकअनुसार ओली नेतृत्वको सरकाले फागुनमा एक करोड ४२ लाख १४ हजार ७४०, चैतमा एक करोड ६६ लाख ९१ हजार ६०६, बैशाखमा एक करोड १९ लाख ५० हजार, जेठमा एक करोड पाँच लाख र असारमा एक करोड ५० लाख ४६ हजार ८३१ रुपैयाँ औषधि उपचारमा तथा आर्थिक सहायता शीर्षकमा वितरण गरेको छ।

पाँच महिनामा कुल छ करोड ८४ लाख तीन हजार १७७ रुपैयाँ औषधि उपचार तथा आर्थिक सहायताका नाममा वितरण भएको समाचार नागरिक दैनिकमा छ।

प्रतिकृया

Add