दिल्लीबाट १६ नेपाली युवतीको उद्धार

 बुधबार, साउन ९, २०७५ | onlinenews

काठमाडौं– भारतका नयाँ दिल्लीबाट १६ नेपाली युवतीको उद्धार गरिएको छ । दालालले अवैध तरिकाले तेस्रो मुलुक लैजान लागिएका १६ नेपाली चेलीको उद्धार गरिएको हो ।
दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालिवालका अनुसार ती नेपाली चेलीलाई इराक, कुवेतलगायतका मुलुकमा लैजानका लागि दिल्लीको एउटा घरमा बन्धकसरह राखिएको अवस्थामा उद्धार गरिएको हो ।
प्रहरीले छापा मारेर उनीहरुलाई उद्धार गरिएको जनाइएको छ । छापा मार्ने क्रममा १६ नेपाली महिलालाई तेस्रो मुलुक लैजानका लागि बन्धकसरह राखेको अवस्थामा फेला पारिएको स्वातीले बताएकी छन् ।
स्वातीका अनुसार १५ दिन अघि ७ महिलालाई इराक तथा कुवेत पठाइएको तथ्यसमेत फेला परेको छ । प्रहरी चौकी नजिकै अड्डा बनाएर लामो समयदेखि मानव तस्कर गिरोहले नेपाली महिलालाई अवैध रुपमा तेस्रो मुलुक लैजाने कार्य गर्दै आए पनि प्रहरीले उक्त गिरोहका बारेमा सुइँको नपाउनु अनौठो भएको अधिकारकर्मीको भनाई छ ।
उद्धार गरिएका महिलाहरुलाई लामो समयदेखि एउटै साँघुरो कोठामा थुनेर राखेको पाइएको थियो ।

प्रतिकृया

Add