छापा दैनिक पाँच पटक भत्किन्छ विमानस्थलको कालोपत्रे, उडान अवरुद्ध

 बिहिबार, साउन १०, २०७५ | onlinenews
Share this

काठमाडौं –  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग भत्किँदा पछिल्लो समय हरेक दिन जसो उडान(अवतरणमा समस्या आएको छ। साउन लागेयता दर्जनौं पटक धावनमार्ग भत्किँदा जहाज उडानरअवतरणमा प्रत्येक दिन समस्या आउन थालेको छ। ५० वर्ष पुरानो धावनमार्गको कालोपत्रे पछिल्ला वर्षहरुमा टालटुलमा जहाज उडान अवतरण गराउँदै आएको खबर कारोबार दैनिकमा छ। पछिल्लो सातामात्रै दैनिक ५ पटकसम्म धावनमार्गको कालोपत्रे उप्किदा ४५ मिनेट देखि डेढ घण्टासम्म आकाशमा जहाज होल्ड गर्नुपरेको विमानस्थल स्रोतले जानकारी दिएको छ। विगत लामो समयदेखि नयाँ कालोपत्र गर्ने भने पनि टेन्डर प्रक्रिया नै अगाडि बढ्न नसक्दा प्रत्येक वर्ष समस्या बढ्दै गएको छ। मंगलबार पनि दिउँसो २ बजेदेखि ३ बजेसम्म कालोपत्रे भत्कँदा विमानस्थल नै बन्द गर्नु परेको थियो। ‘हरेक दिन पाँचदेखि ७ पटक सम्म कालोपत्रे भत्किएको छ’ विमानस्थल स्रोतले भन्यो।
च्भबम mयचभ बतस् जततउस्ररतजबजबपजबदबच।अयmरलभधकरद्धछघघढ

Share this

प्रतिकृया

Add