आयो मिरा गिरीको दिलैको कान्छु

 शुक्रबार, साउन ११, २०७५ | onlinenews

सन्तोष ढुङ्गेल


काठमाडौं–चर्चित लोक गायिका मिरा गिरीले “दिलैको कान्छु” बोलको तीज गीत बजारमा ल्याएकी छन् ।
गिरीले “दिलैको कान्छु” हालै बजारमा ल्याएकी हुन् । “दिलैको कान्छु” बोलको तीत गीतमा मिरा गिरी र सुमन परियारको स्वर रहेको छ भने सुमन परियारको लय रहेको छ ।
त्यसैगरी “दिलैको कान्छु” का शब्द टुरिष्ट जंग वि.क.को रहेको छ भने एरेन्ज विनोद बाजुरालीले गरेका हुन् ।
“दिलैको कान्छु” गीतमा सुमन परियार, रिना थापा र प्रिंयका नेपालीले अभिनय गरेका छन् । मौसम हिमालीको निर्देशन रहेको “दिलैको कान्छु” को छयांकन करण चैसिरले गरेका हुन् ।
एकता फिल्मस् प्रालिले दृष्ट निर्माण गरेको “दिलैको कान्छु” को म्युजिक भीडियोको सम्पादन नविन घर्तिमगरले गरेका हुन् ।
“दिलैको कान्छु” मालती डिजिटल प्रालिद्धारा बजारमा आएको हो ।

प्रतिकृया

Add