चि मुसि चि चलचित्र रिलिज

 शनिबार, साउन १२, २०७५ | onlinenews

सन्तोष ढुङ्गेल


काठमाडौं- “चि मुसी चि” भन्ने शब्दले हामीलाई बाल्य कालको सम्झना गराउँछ । “चि मुसी चि” भनेको हातमा हात राखेर चिमोटेको शैलीमा खेलिने एउटा प्रख्यात खेलको नाम हो ।
“चि मुसी चि” नामको फिल्म शुक्रबार रिलिज भएको छ । “चि मुसी चि” बालकालिकामा निकै लोकप्रिय खेल मानिन्छ । बालकालिकाले खुबै रुचाउने खेलको नामबाट निर्माण भएको फिल्को नाम सुन्दा अवश्य पनि सबैले आफ्ना बाल्यकाललाई सम्झने छन् ।
यो फिल्म कस्तो होला भन्ने कौतुहल्ता सबैमा जाग्ने निश्चित छ । यो फिल्म नभई चलखेल भएको निर्देशक दिनेश श्रेष्ठ बताउँछन् । ‘फिल्मको नामले कमेडी फ्लेबर हो भन्ने लागे पनि फिल्ममा कमेडी छैन उनले भने । फिल्म पूर्ण रुपमा सांगीतिक सस्पेन्स कथामा छ’ निर्देशक श्रेष्ठले भने, ‘हामीले चि मुसी चि खेल्दा बिरालो मुसाको खेल भन्ने बुझेका थियौं । तर फिल्ममा पात्रको चलखेल देख्न सकिन्छ । किनकी फिल्म भित्र अनेक ट्विस्ट दर्शकले पाउनेछन्’ यसअघि फिल्म ‘शकुन्तला’मा अभिनेता राजेश हमाललाई महिलाको चरित्रमा प्रस्तुत गरेका निर्देशक श्रेष्ठले ‘चि मुसी चि’ पनि नयाँ कथामा बनाइएको जनाए । ‘फिल्मको कथा अहिले नै खुलाउन मिल्दैन ।
बिरालोले मुसा कुदाए जस्तै फिल्ममा पनि एउटा पात्रले अर्को पात्रलाई निश्चित उद्देश्यका साथ कुदाएको छ । तर कसले कसलाई कुदाएको थाहा पाउन फिल्म नै हेर्नुपर्नेछ,’ उनले भने । फिल्ममा सुनिल क्षेत्री र अलिशा शमर्नको डेब्यु अभिनय छ ।
सुनिल भारतीय टेलिभिजन रियालिटी सो ‘डिआइडी सिजन ‘४’को उत्कृष्ट १० मा परेका कलाकार हुन् । सुनिलले आफूलाई फिल्मको स्क्रिप्ट मनपरेकोले अभिनय गरेको बताए । ‘म कोरियोग्राफीमा रमाइरहेको कलाकार हुँ । चि मुसी चि खेल्दा बिरालो मुसाको खेल भन्ने बुझेका थियौं । तर फिल्ममा पात्रको चलखेल देख्न सकिन्छ । किनकी फिल्म भित्र अनेक ट्विस्ट दर्शकले पाउनेछन् ।
अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता रहेको फिल्ममा सुरज अधिकारीको संगीत, सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी, बासु न्यौपाने र भूपेन्द्र अधिकारीको छायांकन छ ।

प्रतिकृया

Add