रोकिराखेको ट्याक्टर गुड्दा बालकको मृत्यु

 शनिबार, साउन १२, २०७५ | onlinenews

रामेछाप- रामेछाप जिल्लाको रामेछाप नगरपालिका–२ देउरालीस्थित कुलाक चौरमा रोकिराखेको ट्याक्टर अचानक गुड्दा सडकमा खेलिरहेका एक बालकको मृत्यु भएको छ भने एक बालिका घाइते भएकी छन् ।
न्युटल गेयरमा रोकी राखेको ना ३ त २१२६ नम्वरको ट्याक्टर अचानक गुडेपछि खेलिरहेका ७ वर्षीय बालक उमेश रोकालाई किच्दा घटनास्थलमै मृत्यु भएको छ भने उनकी ९ वर्षिय दिदी उर्मिला रोकाको अवस्था गम्भिर रहेको छ ।
घाइते उर्मिलालाई प्राथमिक उपचारपछि थप उपचारको लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
देउरालीको हुलाक चौरमा सामान झारेर सडक छेउमा रोकीराखेको ट्याक्टर अचानक पछाडि गुडेपछि सडकमा खेलिरहेका बालकालिकालाई किचेको थियो ।
ट्याक्टर चालक गोपाल भण्डारीलाई भने प्रहरीले नियन् त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले जानकारी दिए ।

प्रतिकृया

Add