राष्ट्रिय भेलापछि संगठन शतप्रतिशत समावेशी रसमानुपातिक हुन्छ

 मङ्लबार, चैत्र १, २०७३ | onlinenews

नेकपा माओवादी केन्द्र निकट पर्यटन व्यवसायीहरुको तीनवटा संगठनहरुको एकतापछि नयाँ संगठन ‘ नेपाल पर्यटन व्यवसायी संगठन’ गठन भएको छ । विगतमा एउटै पाटीसँग आस्था राख्ने पर्यटन व्यवसायीहरुको एकमात्र संगठन भएपनि व्यवसायीबीचको अस्थित्वको लडाइँको कारण तीन चिरा परेको थियो । तर, दशवटा माओवादी घटकहरुको एकतापछि पर्यटन क्षेत्रका यि तीनवटा संगठनहरुको एकताको पनि चर्चा थियो । लामो समयपछि अहिले तीनवटै संगठन एकढिक्का भएको छ । केही दिन अघि ¥याडिसन होटलमा आयोजना भएको एकता भेलाको प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरे । सो भेलामा तीनवटै संगठनका संयोजकहरुले अबका दिनमा केहिल्यै नफुट्ने उद्घोष गरे । कतै यो कथित उद्घोष त होइन् ? यस संगठनले सगम्र पर्यटन उद्योगलाई के दिन्छ ? पर्यटनसँग सम्बन्धित रहेर हाम्रो अनलाइन डटकमले एकीकृत पर्यटन व्यवसायी संगठनका निवर्तमान संयोजक कमल सापकोटासँग गरेको कुराकानीको सम्पादीत अंशः

संगठनको एकता भेलाले पर्यटन उद्योगमा शुभ सन्देश दिइसक्यो कि दिन बाँकी छ ?
एकिकृत पर्यटन व्यवसायी संगठन, राष्ट्रिय पर्यटन व्यवसायी संगठन नेपाल र नेपाल पर्यटन व्यवसायी मञ्चबीचको एकतापश्चात यो संगठन विल्कुल नयाँ हो । यसले नेकपा माओवादी केन्द्रसँग आस्था राख्ने सबै पर्यटन व्यवसायीहरुमा उत्साह बढाएको छ । अर्को महत्वपूर्ण कुरा संगठनको एकता भेलाले पर्यटन क्षेत्रमा शुभ सन्देश दिइसकेको छ ।
यो संगठनले नेकपा माओवादी केन्द्रसँग आस्था राख्ने पर्यटन उद्योगमा आबद्ध सबै वर्ग, क्षेत्र, भूगोल, लिङ्ग, जात, धर्म, समगुदाय आदीलाई समेटेको छ ?
अहिले सदस्य सङ्ख्याको आधारमा समेटेको छ । हामीले समानुपातिक हिसाबले हेर्नुपर्ने हुन्छ । समग्र हेर्दा सदस्य सङ्ख्या अलि बढी धादिङ जिल्लाको छ । शेर्पा र महिलाको सङ्ख्या अलि कम छ । तसर्थ, समानुपातिक हिसाबमा सबै समेटिएको छ । अहिले हामीले एकता भेलामात्र गरेका हौँ । तीन महिनापछि हामी राष्ट्रिय सम्मेलन गर्दैछौँ । त्यो भन्दा अघि हामी देशैभर जिल्ला सम्मेलन, प्रदेश सम्मेलन गर्दै केन्द्रिय सम्मेलन गर्छौँ । त्यतिखेरचाहीँ तपाईले भनेझैं शतप्रतिशत समावेशीक÷समानुपातिक हुन्छ । अहिले गर्दै जाँदा कमीकमजोरी हुन सक्छ । अहिले हामीले जिल्ला सम्मेलन नगरी एकैपटक एकता भेला गरेको सन्दर्भमा शतप्रतिशत समावेशीक नभएको हो । अहिले भएका कमजोरीहरुलाई तीन महिनापछि हुने राष्ट्रिय सम्मेलनले अवश्य समेट्छ ।
कतिपय नेकपा माओवादी केन्द्रसँग आस्था राख्ने शेर्पा समुदायका पर्यटन व्यवसायीहरु जसको योगदान तीनवटै संगठनहरुमा थियो । एकता भेलापश्चात पनि उनीहरुको तिव्र असन्तुष्ट हुनुको कारण के हो ?
संगठनभित्र शेर्पा समुदायका पर्यटन व्यवसायीहरुको असन्तुष्ट छ भन्ने मलाई लाग्दैन । नेकपा माओवादी केन्द्र निकटका पर्यटन व्यवसायीहरुमात्र यो संगठनमा बस्ने हो । हामीले उहाँहरुलाई समेट्ने ठाउँमा समेटेका छौँ । अर्को कुरा पर्यटनभन्दा बाहिरका वा हाम्रो संगठनभन्दा बाहिरका शेर्पा समुदायका पर्यटन व्यवसायीहरुलाई समेट्ने कुरा पनि भएन । संगठनमा विगतमा क्रियाशिल शेर्पा समुदायका पर्यटन व्यवसायीहरुलाई समेटिएको छ । यदि गर्दै जाँदा कहीँ कतै नसमेटिएको अबस्थामा राष्ट्रिय सम्मेलनले शतप्रतिशत समेट्छ ।
तपाई आफैं (भिटोफ–नेपाल) को नेतृत्व गरिरहेर समग्र पर्यटन क्षेत्रलाई नियालिरहँदा सम्बन्धित निकाय र सरोकारवालाहरुले पर्यटन क्षेत्रलाई कता डो¥याउँदै छन् ?
पछिल्लो समय मुलुकको विकासमा भएको पूर्वाधार निर्माणमा सुधार, राज्य पुनःसंरचनाको प्रयास, लगानी कर्ताहरुको उत्साह र आधुनिक प्रविधिअनुसार काम गर्ने शैलीलाई हेर्ने हो भने विकासको गति सही दिशामा गइरहेको छ । तर, अस्थिर राजनीतिको कारण जति हुनुपर्ने हो त्यति पक्कै नभएकै हो ।
सम्बन्धित निकायमा काम गर्ने कर्मचारीहरु व्यवसायीक मनले काम गर्छन् कि राजनीतिक स्वार्थ अनुरुप काम गरेको पाउनुभएको छ ?
सम्बन्धित निकायमा काम गर्ने कर्मचारीहरुलाई राजनीतिक दलले नियुक्त गरेको वा राजनीतिक स्वार्थ अनुरुप काम गरेको भन्न मिल्दैन । यदि उहाँहरुले राजनीतिक स्वार्थ अनुरुप काम गरेको भए सबै राजनीतिक एजेण्डामात्र हुनेथिए वा पहिला नै राजनीतिक एजेण्डा बोकेर जाने थिए । अहिलेसम्मे उहाँहरुले व्यवसायीक एजेण्डामात्र बोकिरहनुभएको छ । तर, उहाँहरुबाट हामीले जति अपेक्षा गरेका थियौँ त्यतिचाहीँ भएको छैन ।
पछिल्लो समय तपाईहरु व्यवसायमाभन्दा राजनीतिमा किन बढी भूमिका खोज्नुहुन्छ ?
हामी व्यवसायीक भूमिका नै बढी खोजेर विभिन्न संघसस्थामा जान्छौँ । मैले बढी व्यवसायीक भूमिका खोजेर नै भिटोफको अध्यक्ष भएको हुँ । यदी राजनीतिक भूमिका बढी खोजेको भए पोलिटव्यूरो सदस्य हुन्थेँ होला वा सचिव हुन्थे होला । तसर्थ, व्यवसायीक भूमिकाबाट विचलित नभई फरक समय र परिवेशमा एउटा पाटीसँग आस्था राख्नु त्यसलाई राजनीतिक भूमिकासँग जोड्न मिल्दैन ।
तपाईहरुको नयाँ संगठनले समग्र पर्यटन क्षेत्रलाई नयाँ उचाईमा लैजान सक्छ ?
हामी पहिला एकढिक्का हुँदा पर्यटनमा अत्यन्त राम्रो माहोल थियो । तर, जब हाम्रो संगठन तीन चिरा प¥यो, त्यसले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव परेकै हो । अबका दिनमा समग्र पर्यटन क्षेत्रलाई व्यक्तिको मुठ्ठीमाभन्दा आम पर्यटन क्षेत्रको पक्षमा लाग्ने र समग्र पर्यटन उद्योगलाई नयाँ उचाईमा कसरी पु¥याउन सकिन्छ भन्ने कुरा एकता भेलामा पनि भएको छ । हाम्रो पाटीको अध्यक्षले पनि रारामा मन्त्रिपरिषद्को बैठक राख्ने तथा फास्ट्रयाकको कुरा गर्नुभएको छ ।
समृद्ध र विकासको क्षेत्रमा संगठनको आवरणमा राजनीतिक घुसाउनु रहर हो कि बाध्यता हो ?
विकास र समृद्धिलाई नयाँ उचाईमा पु¥याउने पहिलो माध्यम भनेको राजनीति नै हो । देशमा राजनीतिक राम्रो भयो भने देशमा विकास र समृद्धि पनि सही बाटोमा जाने हो । राजनीतिविनाको समृद्धि कल्पना गर्न सकिँदैन । त्यसकारण मुलुकमा पहिला राजनीति समृद्धि अनिमात्र विकास र समृद्धि हुन्छ ।
पहिले र अहिलेको तुलनामा पर्यटक आगमनको अवस्था निक्कै फरक छ नि, होइन र ?
यो बीचमा हामी राजनीतिक संक्रमणकालिन अवस्थामा थियौँ । राजनीतिमा उतरचढाब आए । जसको कारण समृद्धि नै अस्थिर बन्न पुग्यो । त्यस्तै, यो बीचमा भूकम्प र नाकाबन्दी पनि भयो । अझ मानिसहरु यो अबधिमा व्यवसायमा कम ध्यान दिएकै हुन् । यो अबधिमा राजनीतिक एजेण्डा बिस्तारै पूर्ति हुँदै गए र अब हामी बिस्तारै आर्थिक समृद्धिमा लागेका छौँ । अहिले राजनीतिक पार्टीको एजेण्डा पनि आर्थिक एजेण्डा र व्यवसायीको एजेण्डा पनि आर्थिक एजेण्डा भएकाले अब सबै आर्थिक क्रान्तिमा लाग्नुपर्छ ।
प्रसंग बदलौँ, पछिल्लो समय पर्यटन व्यवसायीहरु किन व्यवसायीक एकताभन्दा बढी राजनीतिक चाहिरकेका छन् ?
अहिले, व्यवसायीहरुमा राजनीतिक एकतासँगै व्यवसायीक एकता पनि छ । जस्तै, टान, एनएमए, हान, नाट्टासहित पर्यटनका अन्य संघसस्थामा जाँदा जो कोही व्यवसायीक एजेण्डा बोकेर जान्छ । तर, संस्थाभन्दा बाहिर रहँदामात्र उ राजनीतिक एकतामा आबद्ध हुने हो । म आफैं पनि भिटोफ–नेपालको अध्यक्ष छु र एउटा पाटीसँग पनि आस्था राख्छु । तर, म संस्थामा रहँदा व्यवसायीक एजेण्डामात्र कार्यान्वयन गर्छु ।
पदयात्रा व्यवसायीहरुको छाता संगठन (टान) को चिन्ता लाग्छ ?
टान हाम्रो संस्था हो । अवश्य पनि चिन्ता लाग्छ । हामीले जुन उदेश्यले साथीहरुलाई टानमा पठायौँ, उहाँहरुले सोचेजति गर्न नसक्नुभएको पक्कै हो । तर, यसको अर्थ यो होइन कि उहाँहरुले गर्दैगर्नुभएन ।
अहिले त समृद्धि भन्दा भन्नेको पनि मुख थाकिसक्यो, सुन्नेको पनि कान पाकिसक्यो भन्छन्, तपाईलाई दिक्क लाग्दैन ?
मानिसहरुले तुरुन्त रिजल्ट खोज्छन् । यसको निम्ति समय लाग्छ । मैले अघि नै भनिसकेँ । हामी अब बिस्तारै राजनीतिक एजेण्डाभन्दा आर्थिक एजेण्डामा जाँदैछौँ ।
तीनवटा संगठनहरुलाई एक गरेर तपाईले के पाउनुभो ?, के गुमाउनुभो ?
केही पाउनको लागि केही गुमाउनुपर्छ । व्यक्तिले के पायोभन्दा पनि संगठनले के पायो भन्ने कुरा महत्वपूर्ण हुन्छ । संगठनले पाउनुपर्ने कुरा पाएको छ । कमल, गणेश, नवराजले पाउने कुरा गौण हुन् ।
आफ्नै पाटीको सरकार हुँदा पनि पर्यटन क्षेत्रका यति धेरै समस्याहरुको थोरै अंश पनि समाधानमा तपाईको संगठन वा तपाईहरु असफल हुनुहुन्छ ?
पर्यटन क्षेत्रका समस्याहरु सम्बोधन नभएका होइनन् । पर्यटनमन्त्री हाम्रो पाटीको हुनुहुन्न । अर्को कुरा यसअघि हामी एकढिक्का नभएर पनि हाम्रा समस्याप्रति सरकारको ध्यानाकर्षण गराउन असफल थियौँ । अब हामी एकढिक्का भैसकेका छौँ । अब हामी सरकारलाई पर्यटन क्षेत्रका मुख्य समस्या समाधानमा ध्यानाकर्षण गराउँछौँ ।

प्रतिकृया

Add