सानको दोश्रो साधारणसभा

 सोमवार, साउन १४, २०७५ | onlinenews
Share this

रामेछाप– सामाजिक जवाफदेहीता नेटवर्क सान नेपालको दोस्रो वार्षिका साधारणसधा सोमबार सम्पन्न भएको छ ।
मन्थलीमा सम्पन्न भएको साधारणसभामा सानाका महासचिव तिलक कार्कीले वार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए । कार्कीद्धारा प्रस्तुत प्रतिवेदनमा सानले गत आर्थिक वर्षमा सानले सार्वजनिक सुनुवाई लगायत सुशासन प्रवद्र्धनका कामहरु गरेको उल्लेख छ ।
महासचिव कार्कीले जिल्लाका ५ वटा स्थानीय तहमा सान मार्फत सार्वजनिक सुनुवाई गरिएको बताए ।
५ वटा स्थानीय तहको सार्वजनिक सुनुवाई कार्यक्रममा १२ लाख ८२ हजार रुपैयाँ खर्च भएको र सो रकम स्थानीय तहले नै ब्यहोरेको कार्कीले बताए ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले सामाजिक संस्थाहरुले राज्यका निकायलाई सुशासन प्रवद्र्धन र पारदर्शीता कायम गराउनको लागि खबरदारी गर्नु पर्ने बताए ।
स्थानीय तह नयाँ अभ्यासको क्रममा रहेकाले अहिलेको अवस्थामा स्थानीय सरकारलाई सबैले सहयोग गर्नु आवश्यक रहेको बताए ।
सान नेपालका अध्यक्ष उमंग मैनालीको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा रामेछाप बारका अध्यक्ष पाण्डव प्रसाई, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुङ्गेल, गैरसरकारी संस्था महासंघ रामेछापका उपाध्यक्ष भुवन श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

Share this

प्रतिकृया

Add